Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"ढाँटेर राहत लिएकालाई कार्वाही गर्छु", शान्ति मन्त्री

Published on 3:48:00 PM //

शान्ति तथा पूनर्निमाणमन्त्री सत्या पहाडीले द्धन्दपिडीत भन्दै ढााटेर राहत लिएकालाई कार्वाही गर्ने बताउनुभएको छ । 

मन्त्री पहाडीले वास्तविक द्धन्दपिडीतहरु राहतबाट बञ्चित हुनुपरीरहेको अबस्थामा द्वन्तपिडीतको झुटो विरण बनाउनेहरुलाई कार्वाही गरीने बताउनुभयो । सोमबार गुल्मीको राङ्गबास माविको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री पहाडीले यस्तो बताउनुभएको हो । 

मन्त्री पहाडीले वास्तविक द्वन्दपिडीतहरुले अहिलेपनि राहत पाउन नसकिरहेको अबस्था भएकोले यस्तो अबस्था रहीरहन नदिन आफूले पहल गरीरहेको बताउनुभयो । उहााले यस्तो गलत ढंगले सिफारीस गर्ने कर्मचारीलाई कार्वाही गर्ने चेतावनी समेत दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग