जीपको ब्रेक्र फेल हुँदा ५ जनाको ज्यान गयो, १५ घाइते, १० को अवस्था गम्भिर
Published on
3:47:00 PM //
प्यूठानको बाखाक्वाडी गाविसको बेलुवामा लु१ज १६८६ नम्बरको जीप ब्रेक्र फेल भई दुर्घटना हुंदा पांच जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइते मध्ये १० को अवस्था गम्भिर रहेको छ । बरौलाबाट बिजुबार जांदै गरेको थियो ।
मृत्यु हुनेमा बिजुली ३ का लालबहादुर श्रेष्ठ, दाखाक्वाडी ३ का दुर्गा धामी, बरौलाका लाटा भनिने नाम नखुलेकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिजुली ३ का लालबहादुर श्रेष्ठ, दाखाक्वाडी ३ का दुर्गा धामी, बरौलाका लाटा भनिने नाम नखुलेकाको मृत्यु भएको छ ।

घाइते मध्ये चालक क्याप्टेन भनिने हरिबहादुर शाह, सहचालक हेमन्त विक, नाम नखुलेको १ महिला र शेरबहादुर खड्कालाई जिल्ला अस्पताल विजुवारमा सामान्य उपचारपछि थप उपचारका लागि कोहरपुर रिफर गरिएको जिल्ला अस्पताल विजुवार प्यूठानले जनाएको छ ।
0 प्रतिकृयाहरु