Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पालुखा माबिको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

Published on 6:35:00 PM //

रेडियो रेसुङ्गा
पालुखा माध्यमिक विद्यालय हस्तीचौर ८ गुल्मीको ३३ औ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। गुल्मी क्षेत्र नं. ३ का सभाषद् चन्द्रबहादुर थापा सागरले उद्घाटन गर्नुभएको वार्षिकोत्सवको पूर्व सांसद रुद्रमणी शर्मा भण्डारीले समापन गर्नुभएको हो।
विद्यालय भवन अभावका कारण चौरमा बसेर पढ्न बाध्य त्यस विद्यालयप्रति जिल्ला शिक्षा कार्यलय र यहाँको राजनैतिक दलको ध्यान पुग्न नसकेको पूर्व सांसद भण्डारीले बताउनुभयो। उद्घाटन समारोहमा सभासद् सागरले पनि आफु त्यहाँको जनप्रतिनिधिको नाताले त्यो विद्यालय देखेर लज्जित भएको बताउनुभएको थियो। पालुखावासीले वर्षाैदेखि विभिन्न दलका नेताको भोटवैंक मात्रै भएको तर विद्यालय र खानेपानीको अवस्था कहिल्लै पुरा हुन नसकेको भन्दै अव पालुखा बासीलाई काँग्रेस, एमाले, माओवादी वा कुनै दल चाहिएको छैन, विद्यालय भवन र खानेपानी चाहिएको छ ।
त्यसका लागि एकजुट हुन सभासद् सागरले पालुखावासीलाई सुझाव दिनुभयो । उहाँले पालुखा माविलाई अर्काेवर्ष सम्म भवन पारीदिने बचन समेत दिनुभएको छ । कार्यक्रममा ए.नेकपा माओवादीका जिल्ला सेक्रेटरी अरुण देवकोटा, सो पार्टीका राज्य समिति सदस्य बुद्धि जि.सी. नेपाली काँग्रेसका जिल्ला सचिव छन्दवहादुर पहराई, तम्घास अस्पताल विकास समितिका अधयक्ष बिरबहादुर कार्की, स्रोत व्यक्ति बिनबहादुर गौतम, क्रान्तीकारी पत्रकार संघ गुल्मीका अध्यक्ष प्रेम सुनार, देविस्थान उ.मा.वि घमिरका व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर बुढाथोकी, राङ्गबास माध्यमिक विद्यालय सिमिचौरका अध्यक्ष अशोक थापा, एकीकृत नेकपा माओवादी हस्तीचौरका सेक्रेटरी रामकुमार विष्ट, नेपाली काँग्रस हस्तीचौरका सभापति शेरबहादुर कुँवर, नेकपा एमाले हस्तीचौरका अध्यक्ष राम मल्ल ठकुरी लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा अर्घाखाँचीका लोक गायक राजु सुनार गुल्मीका लोक गायक दुर्गा के सी र स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगिताको आयोजना गरिएको थियो। विजयी विद्यार्थीहरुलाई पूर्व सांसद रुद्रमणी शर्मा भण्डारीले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा प्रधानअध्यापक हरीप्रसाद पोखरेलले विद्यालयको वार्षिक आय व्यय एवं विद्यालयको अवस्था वारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालवहादुर थापा अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक सुरेन्द्र पाण्डेको स्वागत मन्तवय थियो भने संचालन क्रमसः शिक्षक बाबुराम खत्री, भुपालचन्द्र्र केसी र लोक गायक दुर्गा के सीले गर्नुभएको थियो।
सार्वजनिक उच्च माध्यमिक विद्यालय छत्रगञ्ज अर्घाखाँचीको ५३ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष केशरवहादुर रायमाझी, छत्रगञ्ज उपस्वास्थ्य चौकीका इन्चार्ज कमलप्रसाद श्रेष्ठ, गाविसका हुलाक इन्चार्ज टोपलाल पाण्डे, विद्यार्थीहरु सन्तोष पन्थी, संगिता खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सहायक प्रधानाध्यापक लक्ष्मणप्रसाद पन्थीले विद्यालयको शैक्षिक, भौतिक एवं आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रावि स्तरीय हिसाव दौड, निमावि स्तरीय कुर्ची दौड्, मावि तथा उच्च माविस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको थियो। साथै सफल प्रतियोगिलाई पुरस्कार वितरण समेत गरिएको थियो। साथै कार्यक्रमका विचविचमा विद्यार्थीहरुले गीत तथा नृत्य पनि प्रस्तुत गरेका थिए। शिक्षक जीवनकुमार श्रेष्ठको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण खत्रीले गर्नुभएको त्यहाँवाट अर्चना भट्टराईले जानकारी दिनुभएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग