Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट माओवादी कार्यकर्ताको विदाई

Published on 6:38:00 PM //


रेडियो रेसुङ्गा
२०५९ सालदेखि गुल्मीमा कार्यरत एकीकृत नेकपा माओवादी राज्य समिति तहका एक नेताको सो पार्टिले सदरमुकाम तम्घासमा एक समारोहका विच विदाई गरेको छ। रोल्पा जिल्लाको कोता गाविस वडा नं. ३ निवासी मगरात राज्य समिति सदस्य जस वहादुर वुढा मगरलाई सो पार्टिले विदाई गरेको हो। २०५३ सालदेखि एककृत नेकपा माओवादीमा लाग्नु भएका तुफान २०५४ सालदेखि सो पार्टीको पूर्णकालिन सदस्य रहदै आउनुभएको छ । जनयुद्ध कालमा कैयौँ भिडन्तमा वहादुरी देखाउन सकेको र गुल्मीमा पनि शान्ति प्रकृया पछि जनमानसमा घुलमिल गरेर संगठन विस्तार गर्न सफलता हासील गरेको भन्दै उहालाई सो पाटिले विशेष सम्मानका साथ विदाई गरेको वताएको छ । उहालाई मगरात राज्य समितिले उहाको गृह जिल्लामै कार्यक्षेत्र तोकेर पठाएको हो राज्य समिति सदस्य तुफानलाई सो पाटिका गुल्मी जिल्ला इन्चार्ज श्याम वहादुर वोहोरा अटल, जिल्ला सेक्रेटरी अरुण देवकोटा लगाएतका नेताहरुले उपहार सहित अभिर पहिराउदै विदाई गरेका थिए । विदाई कार्यक्रममा राज्य समिति सदस्यहरु वुद्धि जि.सी, असोक थापा, भुपाल पोख्रेल, युवराज के.सी, लगाएत जिल्ला कमिटि सदस्यहरु को आथित्यता थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग