Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयबट मानवअधिकार शिक्षा कार्यक्रम अनुगमन

Published on 8:30:00 PM //

नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय र जिल्ला कार्यालयको संयुक्त टोलीले ०६८ फागुन २० गते मानवअधिकार शिक्षा कार्यक्रम सञ्चालित जैसिथोक गाविसमा अनुगमन ग¥यो ।

क्षेत्रीय संयोजक शिव खकुरेल, क्षेत्रीय कार्यालयका कार्यक्रम संयोजक गणेश श्रेष्ठ, जिल्ला संयोजक यज्ञप्रसाद भुसाल, जिल्ला प्रतिनिधि नरेश भण्डारी र सहजकर्ता शान्ता पोखरेलको टोलिले जैसिथोक– १ को नवजागृती महिला समूह, जैसिथोक– २ को देविस्थान महिला समूह र जैसिथोक– ३ को शिलशिला महिला समूहका पदाधिकारीहरु संग छलफल तथा अन्तरकृया ग¥यो ।

कार्यक्रममा इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले समुदायको सशक्तिकरणले मात्र मानवअधिकारको पूर्ण उपभोगको वातावरण बन्ने भएकोले मानवअधिकार शिक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए । नव जागृती महिला समूहका अध्यक्ष तारा खनालले स्वागत मन्तव्य व्यक्त गर्दै मानवअधिकार शिक्षा कार्यक्रमले विकासका साझेदार निकाय सम्म पहूँच बढाउन र आवाज अभिवृद्धी गर्न सघाउ पु¥याएको धारणा राखिन् ।

छलफलका क्रममा नव जागृती महिला समूहकी रेखा घर्ती, शिलशिला महिला समूहकी सूर्जी नेपाली, देविस्थान महिला समूहकी सीता पोखरेल लगायतका वक्ताहरुले मानवअधिकरा शिक्षा कार्यक्रमले आवाज उठाउन र संगठित हुन सिकाएको धारणा राख्दै आफुहरुको नेतृत्व क्षमता विकास भएको धारणा राखे ।

अनुगमन टोलीले सामुदायिक संस्थाहरुले हालसम्म सञ्चालन गरेका गतिविधि, कार्यक्रमको उपलधि, समस्या र चुनौतीबारे सहभगिहरुको धारणा बुझेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग