Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घैँटा घैँटाको गाविसमा वृहत लिफ्टीङ्ग खानेपानी योजना तय

Published on 2:04:00 PM //

पि.एम.मगर
खानेपानीको घैँटा घैँटाको गाविस भनेर चिनिने गुल्मीको दौघा गाविसमा वृहत लिफ्टीङ्ग खानेपानी योजना कार्य अव छिट्टै शुरु हुने भएको छ। योजना सञ्चालनका विषयलाई लिएर आज दौँघावासीहरुको एक भेला सम्पन्न भएको छ।
भेलाले चिन्तामणी ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय दौघाँ वृहत लिफ्टीङ्ग खानेपानी योजना उपभोक्ता समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा देववहादुर ज्ञवाली, सचिव पुरन नेपाली, सहसचिव मिना ज्ञवाली, कोषाध्यक्ष शुसिला राना लगायत रहनुभएको छ। कार्यक्रममा वोल्दै प्रमुख अतिथि समेत रहनुभएका नेपाली काँग्रेस गुल्मीका उपभापति भुवन श्रेष्ठले यो योजना सम्पन्न हुने हो भने दौँघा गाविसमा खानेपानीको समस्या समाधान हुने वताउनुभयो। उहाँले योजना सम्पन्न गर्नका लागि सवै पक्ष एक भएर लाग्नुपर्नेमा समेत जोड दिनुभयो। कार्यक्रममा नेकपा माओवादीका चिन्तामणी ज्ञवाली, नेकपा एमाले जिल्ला कमिटी सदस्य लोकवहादुर ज्ञवाली, नेपाल महिला संघ गुल्मीका जिल्ला अध्यक्ष विष्णु सापकोटा, नेपाल तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष कृष्णवहादुर रेश्मी, नेपाल विद्युत प्राधिकरणका शाखा प्रमुख विनोदप्रसाद चौधरी, नेपाली काँग्रेस दौँघा गाउँ समिति सभापति गोपीवहादुर सोमरे मगर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
यस अघि नेपाल विद्युत प्राधिकरण गुल्मीका शाखा प्रमुख विनोदप्रसाद चौधरीवाट लिफ्टीङ्ग खाने पानी योजनाका लागि आवश्यक पर्ने विद्युत लाईन विस्तारका विषयमा प्रारम्भिक सम्भाव्यता अध्ययन गर्ने कार्य पनि आजै सम्पन्न भएको छ। त्यसमा दौँघादेखि वलेवा खोप्का मुलसम्म हाईटेन्शन लाईन विस्तार गर्ने र यसका लागि ५० के.वि.का दुई वटा ट्रन्सफरमर चाहिने शाखा प्रमुख चौधरीले वताउनुभयो। गाविस सचिव जुद्धवहादुर पछाईको अध्यक्षतमा सम्पन्न भेलामा सहकर्मी कालीदास आत्रेयको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक पुरन नेपालीले गर्नुभएको थियो। भेलामा २ सय जना उपभोक्ताहरुको सहभागीता रहेको र त्यस मध्ये ६० प्रतिशत महिलाहरुको उपस्थिति रहेको थियो। योजना सम्पन्न भएपछि सदियौँदेखिको खानीपानी समस्या समाधान हुनेमा उपभोक्ताहरु आशावादी वनेका छन्। योजना कार्य छिटो छरितो रुपमा सम्पन्न गर्न उनीहरु उत्साहित समेत वनेका छन्।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग