Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विपिन सरको मृत्यु: आत्महत्या या हत्या ? (भिडियो)

Published on 11:13:00 PM //

झण्डै तिन महिनाको अवधि बित्दा पनि शिक्षक बिपिन बास्तोलाको मृत्यु रहस्यमय नै छ । मृत्युका बारेमा अझै पनि प्रष्ट कुरा बाहिर आएको छैन । सबैको आ–आफ्नै अड्कलले मृत्युलाई थप रहस्यको गर्भमा लुकाएको छ । साँच्चै, सबैभन्दा पहिले विपिनको शबको कारण मृत्यु रहस्यमय बन्यो । 
शिक्षक विपिन बास्तोलाको शब गत मंसीर १२ गते घाँटी रेटिएको अवस्थामा चौलाखर्क ७ निवासी पुण्यबहादुर बस्नेतको घरमा भेटिएको थीयो | शिक्षक बास्तोलाको शब् सुतेर आफैले आफ्नै घाँटी रेटेको जस्तो देखिने अवस्थामा भेटिएको थीयो |  सुतेर आफैले आफ्नै घाँटी रेट्नु पक्कै सजिलो हुन्न । विपिनको मृत्यु आत्महत्या नभई हत्या भएको अनुमान गर्ने धेरै भएका हुन् । शिक्षक बास्तोलाको मृत्यु माथि राजनीति नगरी सबै पक्ष संयमित भएर पीडित परिवारको जीवन सहजताकासाथ अघि बढ्ने वातावरण सिर्जना गर्नतर्फ ध्यान दिनु जरुरी छ, जुन कुरा प्रहरीको निष्पक्ष र न्यायिक छानबिनमा मृत्यु, हत्या देखिएपनि आत्महत्या देखिए पनि विपिनको जिवीत परिवारको लागि यो अत्यन्त जरुरी छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग