Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक हप्तादेखी बिजुली नबल्दा उपभोक्ता मर्कामा

Published on 3:19:00 AM //


विष्णु पौडेल
गुल्मीको नेटा गाविसमा सञ्चालित निस्तीखोला लघुजलविद्युत आयोजना १ हप्तादेखि वन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् ।
कुलोका विभिन्न भागवाट पानी चुहिएर पावर हाउसम्म पानी नआएपछि विद्युत उत्पादन कार्य वन्द भएको हो । नेटा गाविसको वडा नम्वर ३ र ४ तथा दोहोली गाविसको वडा नम्वर ९ का स्थानीय वासीको जनश्रमदानवाट निर्मित परियोजनाको कुलाको छे उ कमजोर भएपछि पानी चुहिने गरेको छ । आयोजनाको पुन निर्माणका लागी आवश्यक रकम आफुसँग नभएकाले पुन निर्माण गर्न नसकिएको सञ्चालक समितीले जनाएको छ । सञ्चालक समितीका अध्यक्ष देविराम भण्डारीले भन्नुभयो, आम्दानीको श्रोत केही छैन, त्यसैले मर्मत कार्यमा ढिलो भएको हो । सञ्चालक समिती अध्यक्ष भण्डारीले केही उपभोक्ताहरुले विगत २८ महिनादेखिको विद्युत महसुल र केही उपभोक्ताले आयोजना निर्माण गर्दा उठाईएको रकम भुक्तानी गरेमा आयोजना पुन निर्माण गर्न सकिने वताउनुभयो ।
२८ महिनासम्म महसुल नवुझाउने ५ जना उपभोक्ताहरु लाई कारवाही गर्न नसकेको उपभोक्ताको गुनासो छ । उनीहरुले समितीले नै कारवाही गर्न नसक्नुमा समितीका सदस्यहरु र महसुल नवुझाउनेहरु विच मिलीमतो भएको हुनसक्ने आशंका गरेका छन् । आफ्नो पसिनाले वनाएको आयोजना पुननिर्माणमा चासो नदेखाए संघर्षमा उत्रने उपभो क्ताले चेतावनी दिएका छन् । शनिवार नेटा ३ निस्ती खोलामा वसेको सञ्चालक समिती र उपभोक्ता विचको वैठकमा कुनै सहमति हुन सकेन । समितीले ५ महिनाभन्दा वढि विद्युत महसुल नवुझाउनेहरुलाई २५ प्रतिशत जरीवाना सहित असुल गर्ने कानुनी प्रावधान भएपनि उनीहरुले महसुल नवुझाउने वताएपछि वैठक निष्कर्ष विहीन भएको हो ।
उनीहरुले आफ्नो गाउँमा ४ लाइनको तार विस्तार गर्न पटकपटक आग्रह गरेपनि समितीले कुनै वास्ता नगरेकाले महसुल नवुझाएको वताएका छन् । विद्युत अवरुद्ध हँदा प्रवेशिका परिक्षामा जुटेका विद्यार्थी तथा वार्षिक परिक्षाको तयारीमा रहेका विद्यार्थीहरु सवैभन्दा धेरै मर्कामा परेको स्थानीय विष्णु फुल्देलले जानकारी दिनुभयो । विद्युत अवरोधका कारण रे डियो सुन्न, टेलिभिजन हेर्न समेत वञ्चित भएको उपभोक्ताको गुनासो छ । २२ किलोवाट क्षमताको परियोजना २०६५ सालमा निर्माण सम्पन्न भएको थियो।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग