Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विभिन्न व्याक्तित्वहरु सम्मानित

Published on 4:48:00 PM //


रेडियो रेसुङ्गा
नेपाल सरकार, स्थानीय विकास मन्त्रालय, अन्तर्गत दलित वर्ग उत्थान, जिल्ला समन्वय समिति गुल्मीले नेपालको दलित आन्दोलनमा उल्लेख्य भुमिका खेलेका विभिन्न व्याक्तिहरुलाई आइतवार एक समारोहका विच सम्मान गरको छ।
यसरी सम्मानित हुनेहरुमा झण्डै तीन दशक अघिदेखि दलित आन्दोलनमा संघर्षरत अर्खले ९ निवासी दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्मा लगायत रहनुभएको छ। उहाँले जातीय उत्पीडन सहन नसकी सरकारी जागिर त्यागेर दलित आन्दोलनमा लाग्नुभएको थियो। हाल उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीका अध्यक्ष समेत रहनुभएका विश्वकर्मा जिल्लाका दलित अगुवा नेता मानिनुहुन्छ।
त्यस्तै सम्मानित हुनेहरुमा दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका पुर्व अध्यक्षहरु गणेश श्रीपाली, रोम विश्वकर्मा र धनेन्द्र विश्वकर्मा, तमघास १ का दधिराम परियार, कर्मचारीको तर्फवाट दलित आन्दोलनमा सघाउ पुराउने जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर नेत्र विश्वकर्मा, क्षेत्रीको छोरा भई दलितकी छोरीसँग अन्तरजातिय विवाह गरी दलित आन्दोलनमा एक इट्टा थपेको भन्दै सिर्सेनी ९ निवासी माओवादी राज्य समिति सदस्य वेगमवहादुर चन्द वोहोरा रहनुभएको छ।
त्यस्तै पत्रकारिता क्षेत्रवाट दलित उत्थानमा टेवा पु¥याउँदै आएको भन्दै पत्रकार प्रेम सुनार, दलित महिला संघकी अध्यक्ष कमला वराल, हर्दिनेटा ९ का चन्द्र नेपाली, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष कविता विक, शान्तिपुर ७ का वलवहादुर परियार, नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष वालकृष्ण वराल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द विक र जिल्ला विकास समितिका कार्यक्रम अधिकृत विनोद मरासिनी पनि सम्मानित हुनुभएको छ।
सम्मानित हुनेहरुलाई दोसल्ला ओडाएर करुवा तथा सम्मानपत्रद्धारा सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि दलित वर्ग उत्थान केन्द्रीय समितिका उपाध्यक्ष खिमवहादुर विश्वकर्माले सम्मानित हुनेहरु थप जिम्वारी वोधका साथ दलित आन्दोलनमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो। दलित आन्दोलनमा गुल्मी जिल्ला सशक्त भएको र यहाँका दलित अगुवाहरु राजनैतिक सिद्धान्तमा छिन्नभिन्न नभई साझा रुपमा अगाडी वढेकोमा खुशी व्यक्त गर्नुभएको थियो।
गुल्मी जिल्लावाटै सर्वजित विश्वकर्माले आन्दोलनको शुरुवात गरेको स्मरण गर्दै साझा सवालका लागि एकतावद्ध भएर लाग्न आग्रह समेत गर्नुभयो। कार्यक्रममा विशेष अतिथिहरु पुर्व विद्यायिका उमा विश्वकर्मा, अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय सदस्य एवं दलित वर्ग उत्थानका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण वर्देवा, निमित्त स्थानीय विकास अधिकारी भक्तिराम मरासिनी, साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्मा, एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज श्यामवहादुर वोहोरा, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य गणेश श्रीपाली, माओवादी मगरात राज्य समिति सदस्य वेगमवहादुर चन्द, उत्पीडित जातीय मुक्ती समाजका केन्द्रीय सदस्य कृष्ण सुनार, दलित गैर सरकारी महासंघका केन्द्रीय सदस्य छविलाल विश्वकर्मा, नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाका जिल्ला सहसचिव वसन्त गैरे, नेपाल दलित संघका जिल्ला अध्यक्ष झविलाल विश्वकर्मा, उत्पीडित जातीय मुक्ती समाजका जिल्ला अध्यक्ष दलवहादुर विश्वकर्मा, दलित महिला संघकी अध्यक्ष कमला वराल, इन्जिनियर नेत्र विश्वकर्मा लगायतले मन्तव्य राख्नुभएको थियो।
दलित वर्ग उत्थान जिल्ला समन्वय समिति गुल्मीका उपाध्यक्ष चन्द्र विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सदस्य इश्वरी परियारको स्वागत मन्तव्य तथा धर्म विश्वकर्माको सञ्चालन रहेको थियो।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग