Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विज्ञान विषयमा गुल्मीमा १२ जना निष्काशित

Published on 4:50:00 PM //

रेडियो रेसुङ्गा 
प्रवेशिका परीक्षाको आइतवार चांैथो दिन अनिवार्य विज्ञान विषयको परीक्षामा गुल्मी जिल्लावाट १२ जना विद्यार्थीहरु निष्काशित भएका छन्। अनुगमनको क्रममा परीक्षा समयमा परीक्षाको मर्यादा विपरित काम गरेको भेटिएपछि उनीहरुको आजको विषयको परीक्षा रद्ध गरिएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ। 
यसरी निष्काशित हुने परीक्षा केन्द्रहरुमा पृथ्वी उच्च मावि पुर्कोट केन्द्रवाट २ जना, भगवती उच्च मावि हर्मिचौर केन्द्रवाट १, शुक्र मावि छापचौर केन्द्रवाट १, रिडी उच्च मावि रिडी केन्द्रवाट २, महेन्द्र आदर्श उच्च मावि वामीटक्सार केन्द्रवाट १, अर्जै उच्च मावि अर्जैवाट १, जिवनोद्धार उच्च मावि पुर्तिघाट केन्द्रवाट २, ज्ञानोदय उच्च मावि मजुवा केन्द्रवाट १ र सदरमुकाम तमघासको केन्द्र ग वाट १ जना गरी १२ जना रहेको जिल्ला शिक्षा कार्यालयका उपसचिव थानेश्वर घिमिरेले जानकारी दिनुभएको छ। जिल्ला शिक्षा कार्यालयका अनुसार हालसम्म गुल्मीका विभिन्न केन्द्रहरुवाट २२ जना छात्र छात्राहरु निष्काशित भएका छन्। 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग