Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घास बजामा अतिक्रमित सार्वजनिक जग्गा तत्काल फिर्ता गर्नुपर्ने

Published on 1:37:00 PM //


रेडियो रेसुङ्गा
गुल्मीको सदरमुकाम तमघास वजारमा सार्वजनिक जग्गा अतिक्रमण गरी वनाईएका संरचनाहरु तत्काल छानविन गरी फिर्ता गराईनुपर्नेमा आज एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
तमघास नगर विकास समितिद्वारा हिजो सदरमुकाम तमघासमा आयोजित “अतिक्रमित सार्वजनिक भुमि र शहरी विकासमा यसले पारेको वातावरणीय असर” विषयक अन्तरकृया कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन्। अतिक्रमित जग्गाहरु फिर्ताका विषयमा कुराहरु धेरै पटक उठेको तर अव व्यवहारमै फिर्ता गराउनेतर्फ सवै पक्ष लाग्नुपर्नेमा अधिकांस वक्ताहरुले जोड दिएका थिए । सार्वजनिक जग्गामा संरचना निर्माण गर्नेहरु प्रशासन लगायत सवै निकायमा पहुँचवाला भएकाले अव कसैको पहुँच र मुख हेराहेर नगरी सार्वजनिक जग्गा फिर्ता गराउनुपर्नेमा प्रशासनको मुख्य ध्यान जानुपर्ने वताएका छन ्।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठले तमघासको सडक साँघुरो हुनु कुनै व्याक्ति विशेषको कमजोरी वाट नभई सवैको सहमतिवाट भएको दावी गर्नुभयो । उहाँले जग्गा अतिक्रमण गर्नेलाई कसैले पनि संरक्षण दिन नखोजेको वताउँदै राजनैतिक दलहरुको प्रतिवद्धताको खाँचो आवश्यक रहेको औलाउनुभयो । त्यस्तै एकीकृत नेकपा माओवादीका सेक्रेटरी अरुण देवकोटाले अतिक्रमित जग्गा फिर्ता गराउनमा आफ्नो पार्टी जोडदार ढङ्गले लागेको र यसमा सवै राजनीतिक दलको ऐक्यवद्धता हुनुपर्नेमा जोड दिनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष वोमवहादुर खड्काले उत्तेजनात्मक ढङ्गवाट भन्दा पनि समस्याको दीर्घकालीन समाधानको पक्षमा ध्यान जानुपर्ने धारणा राख्नु भएको थियो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले छलफलमा उठेका समस्याका विषयहरुलाई गम्भिररुपमा लिएको र त्यसको समाधानका पक्षमा प्रशासनको क्षेत्रवाट कुनै कसुर वाँकी नराख्ने भन्दै तमघास नगर विकास समितिले उठाएको विषयलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि शालिक पन्थी,एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य वुद्धि जिसी, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी लगायतका व्यक्तिहरुले अतिक्रमित जग्गा फिर्ताका विषयमा उपदेश भन्दा पनि प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड् दिनुभएको थियो । गुल्मीका उद्योगी, व्यवसायी, क्याम्पस प्रमुख एवं पुर्व प्रमुखहरु, शिक्षापे्रमी, समाजसेवी, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले जग्गा अतिक्रमणको विषयलाई जोड्दार ढङ्गवाट उठाएर समाधान गर्नुपर्ने धारणा राखेका थिए । तमघास नगर विकास समितिका अध्यक्ष गिरीराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन समितिका सदस्य धर्म विश्वकर्माले गर्नु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग