Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक वर्ष भित्र गाविसका सवै वार्डमा बिजुली र मोटरवाटो पुर्याउने सभाषद थापाको दाबी

Published on 3:44:00 AM //


रेडियो रेसुङ्गा
ज्ञानोदय निम्न माध्यमिक विद्यालय पिपलधारा ४ गुल्मीको तीन कोठे भवनको गुल्मी क्षेत्र नं. ३ का सभाषद चन्द्रवहादुर थापा सागरले शिलन्यास गर्नुभएको छ। भवनको शिलन्यास गर्दै सभाषद थापाले विद्यालयलाई माध्यमिक विद्यालय स्तरको कक्षा सञ्चालनतर्फ लक्ष्य निर्धारण गर्नुपर्नेमा विद्यालय व्यवस्थापन समिति तथा स्थानीय शिक्षाप्रेमीको ध्यानाकर्षण गराउनुभयो। उहाँले विद्यालयलाई माध्यमिक स्तरसम्म पु¥याउने लक्ष्य लिए आफुले पुर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै सभाषद थापा सागरले एक वर्ष भित्र गाविसका सवै वार्डमा विद्युतीकरण तथा मोटरवाटो पु¥याउने कार्यक्रमका साथ आफु लागिरहेको वताउनुभयो।
शिलन्यास कार्यक्रममा विशेष अतिथि वस्तु श्रोत केन्द्रका श्रोत व्याक्ति खिमवहादुर महत, एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य वुद्धि जिसी, जिल्ला सदस्य महेन्द्र विसी, वाईसीएल नेपालका अर्जुन वुढा मगर, माओवादी गाउँ कमिटी इन्चार्ज ज्ञानवहादुर विक, काँग्रेसका गाउँ सभापति नविन जिसी, एमालेका गाउँ कमिटी अध्यक्ष वावुराम खड्का, निवर्तमान गाविस अध्यक्ष डिल्लीराज पोखरेल लगायतले विद्यालयको भवन निर्माणप्रति खुशी व्यक्त गर्दै आफ्नो क्षेत्रवाट पनि सक्दो सहयोग गर्ने वताएका थिए।
कार्यक्रममा स्थानीय संघसंस्था, आमा समुह, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो। जिल्ला शिक्षा कार्यालयको ६ लाख वरावरको सहयोगमा निर्माण हुन लागेको उक्त तीन कोठ भवनको आज शिलन्यास गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोषवहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका शारदा थापाको स्वागत मन्तव्य एवं प्रधानाध्यापक होमवहादुर महतको सञ्चालन रहेको त्यहाँवाट शिक्षक गोकर्ण रसाईलीले जानकारी दिनुभएको छ। कार्यक्रमको विचविचमा विद्यार्थीहरुले विभिन्न साँस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग