Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्याम्पसले महायज्ञ सञ्चालन गर्ने

Published on 3:41:00 AM //


रेडियो रेसुङ्गा
गुल्मीकै पहिलो क्याम्पस रेसुङ्गा बहुमुखी क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको बिस्तार एवं क्यापसको बृहत्तर विकासका श्रीमद भागअत विश्वशान्ति ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । यसै विषयमा क्याम्पसले सरोकारवाला पक्षसँग छलफल पनि गरेको छ । विशेष कारण केहि बर्ष अगाडी सम्पन्न हुन नसकेको महायज्ञ फेरी सञ्चालन गर्नका लागि क्याम्पसले जिल्लाका विभिन्न सरोकारवाला पक्षहरुसँग छलफल गरेको हो।
छलफलमा महायज्ञ मुल आयोजक उपसमितीका अध्यक्ष शालिकराम पन्थीले प्रस्तुत गर्नुभएको कार्य योजनाको बारेमा पनि थप छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्लामा क्रियाशिल राजनितीक दलका नेताहरुले महायज्ञ सम्पन्न गर्न आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा एकिकृत नेकपा माओवादीका बुद्धी जिसी, नेपाली काङग्रेसका भुवनप्रसाद श्रेष्ठ, एमालेका डिल्लीराज भुसाल, जनमोर्चाका जिवन राना, राप्रपाका टोपबहादुर बस्नेत, कालीदत्त गुल्मका गुल्मपति सन्तोषकुमार थापा, प्रहरी नायव उपरिक्षक राजकुमार बैदवार, प्रमानन्द बहुमुखी क्याम्पसका प्रमुख डा. नाती मैयाँ मान्नधर शर्मा भण्डारी, क्याम्पस व्यवस्थापन समितीका पुर्व अध्यक्षहरु, पुर्व क्याम्पस प्रमुखहरु, विभिन्न कार्यालय तथा संघ सस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम क्याम्पस व्यावस्थापन समितीका अध्यक्ष नन्दराम भुसालको अध्यक्षता र क्याम्पस प्रमुख चन्द्रकान्त पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो। महायज्ञ आगामी असोज र कार्तिक महिनाको बिचमा गर्ने छलफलले निष्कर्ष निकालेको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग