Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोक सेवाको तैयारी कक्षा सम्पन्न

Published on 2:42:00 PM //


रेडियो रेसुङ्गा
महिला तथा वालवालिका विकास कार्यालय गुल्मीको आयोजनामा १० दिनसम्म सदरमुकाम तमघासमा सञ्चालन भएको लोक सेवा आयोगको तैयारी कक्षाको एक कार्यक्रमका विच समापन गरिएको छ।
तैयारी कक्षाको गुल्मी क्षेत्र नं. १ का सभाषद सुदर्शन बरालको प्रमुख आतिथ्यतामा समापन गरिएको हो। सहभागी महिला प्रशिक्षार्थीहरुलाई संवोधन गर्दै प्रमुख अतिथि सभाषद बरालले लोक सेवा आयोग भनेको गरिव र कुनै पहुँच नभएका नागरिकले आफ्नो क्षमता देखाएर जागिर खान पाउने एक मात्र विशुद्ध संस्था भएको वताउनुभयो।
राणकाल, शाहकालमा राजामहाराजाहरुको सेवा चाकडी गरेर उनीहरुकै निगाहामा असक्षम व्याक्तिले पनि जागिर खान पाउने र अन्य योग्य व्याक्ति वञ्चित हुनुपर्ने परम्पराको अन्त्य गर्न लोकसेवा आयोग खोलिएको वताउदै सभाषद बरालले चाकडी र भनसुनमा नलागि म सक्षम छु भन्ने आत्म विश्वासका साथ लोकसेवा आयोगको परीक्षा दिएर सफल हुन सहभागी महिलाहरुलाई शुभकामना दिनुभएको थियो। राष्ट्रको सेवा गर्छु भन्ने मिसन लिएर अगाडी वढ्ने प्रतिवद्धता लिए परीक्षामा सहजै सफल भईने उहाँको तर्क थियो। कार्यक्रममा विशेष अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी वावुराम अर्याल, एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य वुद्धि जिसी, नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु वलाल, एमालेका जिल्ला सदस्य  माधव ज्ञवाली, जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, जिल्ला वन अधिकृत शिवप्रसाद शर्मा, पशु सेवा कार्यालयका प्रमुख डा. हरिवहादुुर कुवँर, कृषी विकास कार्यालयका धनवहादुर थापा, तैयारी कक्षाका प्रशिक्षक एवं कोष तथा लेखा निरीक्षक कार्यालयका प्रमुख राजेन्द्रप्रसाद आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य सृजना तरामु, नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णुकुमारी सापकोटा, अखिल नेपाल महिला संघकी अध्यक्ष ललिता गौतम लगायतको सहभागीता रहेको थियो। निमित्त महिला तथा वालवालिका विकास अधिकृत सिता पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो कार्यालयकी सावित्रा भण्डारीको सञ्चालन रहेको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग