Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्षयरोग विरुद्धको सडक नाटक प्रदर्शन

Published on 2:43:00 PM //


रेडियो रेसुङ्गा
नेपाल क्षयरोग निवारण संस्था गुल्मीले एक दिने क्षयरोग निवारण संवन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले सदरमुकाम तमघासमा धामी झाँक्री जस्तो अन्धविश्वासमा मानिसहरुको ज्यान जान सक्ने भएकाले स्वास्थ्य संस्थामै स्वास्थ्य उपचारका लागि जानुपर्छ भन्ने जनचेतनामुलक सडक नाटक प्रस्तुत गरेको थियो। सडक नाटक कार्यक्रममा गुल्मी क्षेत्र नं. १ का सभाषद सुदर्शन बरालले प्रमुख अतिथिको आशनवाट अवलोकन गर्नुभएको थियो। त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी वावुराम अर्याल, एकीकृत नेकपा माओवादीका राज्य समिति सचिवालय सदस्य वुद्धि जिसी, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, नेपाल औषधी व्यवसायी संघका जिल्ला अध्यक्ष शेरवहादुर थापा लगायतले अतिथिको आशनवाट अवलोकन गरेका थिए। सडक नाटकलाई तमघास टेक्निकल इस्टिच्यूटमा सिएमए तथा अनमीमा अध्ययनरत विद्यार्थीहरुले जिवन्तरुपमा अभिनय प्रस्तुत गरेका थिए। तमघासको लाँकुरी मञ्चमा उक्त सडक नाटक अभिरुचीपुर्वक हेर्नेहरुको घुईचो लागेको थियो। नेपाल क्षयरोग निवारण संस्थाका जिल्ला अध्यक्ष शशि पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विष्णुकुमारी सापकोटाले गर्नुभएको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग