Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिरासतका थुनुवाहरुलाई ओमशान्तीको प्रबचन

Published on 7:20:00 PM //


गगनशिला खड्का
कुनै गलत काम गरेर प्रहरी हिरासतमा परेका अभियुक्त वा थुनुवालाई चिसो कोठीमा थुनेर यातना दिईन्छ र फेरी यस्तो गल्ती नगर्न दवाव दिन्छन् भन्ने बुझाई सबैको छ । तर गुल्मी जिल्ला प्रहरी कार्यालय गल्मीमा शुक्रबार एउटा अचम्मको दृश्य देखियो । जहाँ वरीपरी प्रहर थुनुवा र अभियुक्तहरु कम्बलमाथी लहरै बसेका मन्त्रमुग्ध भएर प्रवचन सुनिरहेका थिए । उनीहरुलाई यातना, दवाव वा पिडा थिएन, एकाग्र भएर आफूले गरेको गल्तीको प्रायश्चित गरीरहेका थिए ।
सधैजसो लठ्ठी र लात्ती प्रयोग गरेर कैदीहरुलाई कफ्रयाउने प्रहरीले अहिले हिरासतलाई साँच्चीकै सुधारगृहको रुपमा प्रमाणीत गर्न हिरासतमा रहेका थुनुवाहरुलाई ज्ञान र शिक्षा दिन शुरु गरको छ। गुल्मी जिल्लाका विभिन्न घटनामा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रण गरी ल्याएका करीब २८ जना थुनावाहरुलाई सुधारका लागी ज्ञान र शिक्षा दिने अभियान जिल्ला प्रहरी कार्यालयले शुरु गरेको हो । ब्रहमकुमारी इश्वरीय विश्व विधालयका ब्रहमकुमारी दिदीहरुले थुनुवाहरुलाई प्रशिक्षण दिन थालेका छन् । अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा गुल्मीका विभिन्न घटनामा संलग्न २८ जना थुनुवाहरु रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले अहिले युवाहरुमा आक्रोश र बदलाको भावना बढेकोले धेरै युवाहरुनै अपराधीक गतिविधीमा संलग्न हुने हुदाँ उनिहरुका लागि सत्कर्मको बाटो सिकाउन यसो गरिएको बताए । उनले भने ः“घटनाहरु विभिन्न किसीमका हुने र जुन आवेशमा आएर घटाईने घटनाहरु मा कमी ल्याउनका लागि पनि प्रहरीले यस्तो खालको अभियान थालेको हो,यो ओमशान्तीको जुन आध्यात्मीक प्रबचन छ यसबाट युवाहरुमा एउटा सकारात्मक सोचको विकास हुनेछ ।” जिवन केहो, जिवन केका लागी, कर्मलाई उच्च कसरी बनाउने लगाएतका बिषयमा दिएको प्रबचनले रिस र आवेगमा आएर गल्ती गर्नेहरुलाई सुधार्ने बताईएको छ । कुनै बिवादमा दुई पक्ष बिच मेलमिलाप गराएपनी फेरी पिडीत पक्षले बदला लिन खोज्दा आपराधीक घट्ना बढेकोले त्यस्तो हुन नदिई जिल्लामा शान्ती सुव्यावस्था कायम गर्नको लागी यस्तो खालको कार्यक्रमले सघाउ पुर्याउने आशा प्रहरीले लिएको छ ।
युवाहरुमा पलाईरहेको बदला र आक्रोशको भावनालाई सकारात्मक सोचाईबाट परिर्वतन गराउन सकिन्छ भन्ने अठोटका साथ आध्यात्मीक प्रबचनबाट शान्तीको अभियान थालेको ब्रहमकुमारी  इश्वरीय विश्वविधालयकी ब्रहमकुमारी दिदीले मानब जिवनमा आध्यात्मीक चेतनाको अभाबले नै युवापुस्ताहरु कुलतमा फस्ने गरेको बताईन् । उनले भनिन्ः“हामीले प्राक्टीकल रुपमा पनि कति देखेका छौ र सुनेका पनि छौँ,जो युवामा आध्यात्मीक ज्ञान छैन, जसले आत्मा, जिवन र दया, माया, करुणालाई राम्रो संग बुझ्न सकेको छैन त्यस्तो व्यक्तीनै यस्ता अपराधीक कृयाकलापमा फस्ने गरेका छन ।”
कहिले के गरेर त कहिले के गरेर प्रहरी र जनता अभियानलाई नजिक बनाउन सक्रिय रुपमा लागेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले गरेको अपराधमा संलग्न थुनुवाहरुलाई प्रबचन कार्यक्रम गुल्मीमै मात्र नभएर नेपालमै नमुनायोग्य र ग्रहणयोग्य भएको रेसुङ्गा सामुदायिक सेवा समाज गुल्मीका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीले बताए । उनले भनेः“जिल्ला प्रहरी कार्यालय गुल्मीले जुन हिरासतका थुनुवाहरुका लागि एउटा डायनामिक काम गरेको छ यसले प्रहरी कार्यालयले लठ्ठी र जुत्ताको भरमा हैन उनिहरुलाई प्रबचनको शैलीमा अपराध न्युनीकरण्मा जुटेको छ यो काम नै प्रसंसायोग्य छ ।”
अपराध नियन्त्रण र न्युनीकरणको लागि आध्यात्मीक ज्ञान पनि एक पाटो हो र यसले युवाहरुको आक्रोश र क्रोधको भावनालाई हटाउन महत्वपुर्ण भुमीका खेल्छ भन्ने कुराको महसुस गर्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले आगामी दिनमा साता पिच्छेनै प्रबचन कार्यक्रम गरिने प्रहरी प्रमुख बैदवारले बताए । उनले भने“यस्तो खालको प्रबचन कार्यक्रम अब हामीले साता पिच्छे नै गर्नेछौँ र यो हिरासतका थुनुवाहरुलाई मात्र नभएर यहाँ आएर मिलापत्र गरेर जाने दुबै पिडक र पिडित समुहका व्यक्तीहरुलाई पनि दिनमा १०÷१५ मिनेट दिएर पठाउने निर्णय गरेका छौँ ।”
गुल्मी जिल्लाका समाजसेवी,सञ्चारकर्मी,पत्रकार,नागरिक समाजका प्रतिनिथी,राजनैतिक दलका व्यक्तीहरु सहभागी भएको प्रबचनमा सबैजसोले प्रहरीले शुरु गरेको नौलो कामलाई अझ प्रभाबकारी ढङ्गले अगाडी बढाउन आग्रह गरेका थिए । प्रहरी हिरासतमा रहेका थुनुवाहरुले समेत आफुहरुका लागि प्रहरीले गरेको यस किसीमको प्रबचनले आफुलाई केही भएपनि जिवनउपयोगी सिपको बारेमा जानकारी भएको बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग