Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अहिले त संगीतमै व्यस्त छु विवाहको बारेमा पछि सोचौलाः मुना थापा

Published on 6:54:00 PM //


नेपाली लोक दोहोरी क्षेत्रमा चर्चित गायिका मुना थापाले आफ्नै एल्बम “छोरी”, “तिते करेली” लगायतका गीतिएल्बमबाट ख्यातिप्राप्त गर्नुभएको थियो भने हाल उँहाको दर्जनौ एल्बमहरु बजारमा आइसकेको छ । आजको सन्दर्भमा उँहा एउटा गलाकी बहुधनी र कुशल लोक दोहोरी गायिकाको रुपमा परिचित हुनुहुन्छ । उहांले देश तथा विदेशमा धेरै कार्यक्रमहरुमा भाग लिइ सक्नु भएको छ । गत २४ फेव्रुअरी २०१२ मा पनि ३० औं मगर दिवसको कार्यक्रमको अवसरमा अतिथि कलाकारको रुपमा दुबईमा आउनु भएको थियो । उहां दुबई आउनु भएको क्रममा नेपाली समाचार पाक्षिक पत्रिकाका प्रधान सम्पादक लालबहादुर ढेंगाले मुना थापासंग संक्षेप्तमा केहि भलाकुसारी गर्नु भएको थियो । पेश छ त्यहि भलाकुसारीको केहि अंशहरुः–

सर्वप्रथम त तपाईलाई दुबईमा स्वागत छ । सबै नेपाली कलाकारहरुले दुबईलाई राम्रो र बिकसित सहरको रुपमा लिन्छन्, तपाईलाई कस्तो लाग्यो ?
मलाई त दुबई सहर एकदमै राम्रो र सुन्दर लाग्यो । सबैले धेरै माया दिनु भयो । प्रवासमा आएर पनि सबैमा भाईचारा र आफ्नोपन एक आपसमा सहयोको भावना यी सबै देखेर मलाई अति खुशी लाग्यो । सधै यस्तै कायम रहोस् भन्ने मेरो शुभकामना छ ।

मुना जी, तपाई आफ्नो कार्यक्रमको सिलसिलामा कुन कुन देशहरुमा भ्रमण गर्नु भयो, सबै देशहरुको नाम बताई दिनु हुन्थ्यो कि ?
हजुर पत्रकार ज्यू । मेरो संगीत प्रेमी र शुभचिन्तक दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगबाट मैले धेरै देशहरुमा भ्रमण गर्नलाई शौभाग्य पाएकी छु, जसमा क्रमशः साउदी अरब, कोरियामा २ पटक, मलेशिया, कतार, युके, बेल्जियम, युएई र अब फेरि साउदीमा जादै छु ।

तपाईले हालसम्ममा कति वटा गीतहरु गाउनु भयो, र कुन चाहि गीतले तपाईलाई सफलताको श्रय दिलायो ?
मेरो आफ्नै एल्बम “छोरी” को गीत “चिसो चिसो हावा सरर..” बाट म मुना थापा भनेर परिचित भएकी हुं । त्यसको लगत्तै अन्य गीतहरु पनि चर्चामा आयो, त्यो मेरो ठूलो शौभाग्यको कुरा हो । र हालसम्म मैले ६ सय भन्दा बढी गीतहरु गाइ सकेकी छु ।

विदेशको भूमिमा आफ्नो जन्म थलोबाट धेरै टाढा रहेर हाम्रा धेरै दाजुभाई तथा दिदीबहिनीहरु कार्यरत हुनुहुन्छ । उहांहरुलाई केहि सन्देश दिनु हुन्थ्यो कि ?
हाम्रो देश नेपालमा राजनीति र भ्रष्टाचारले गर्दा जनताहरु को लागि गास, कपास र बासको उचित व्यावस्था नभएको कारणले धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बिदेशमा पलायन हुन बाध्ये भएको हो । तसर्थ सबैले आफ्नो घर र परिवारलाई सम्झेर काम गर्नु धेरै पैसा कमाएर लाहुरे भएर घर फर्किनु होला, भनेर यहि सन्देश दिन चाहान्छु ।

मुना जी यो प्रश्न भने अलिकति संवेदनशिल छ है, तपाईले संगीतको दुनियामा त आफ्नो नाम जमाइ सक्नु भएको छ । तर, घर गृहस्थीको बारेमा कहिले जमाउने विचार राख्नु भएको छ त ?
हां हां हां (हांस्दै) अनि अलिकति शर्माउदै भन्नुहुन्छ । अहिले त संगीतमै व्यस्त छु विवाहको बारेमा पछि सोचौला, अझै २–४ बर्षसम्मको लागि संगीतलाई नै माथि उठाउने धारणा रहेको छ । अब हेरौ कस्तो हुन्छ ।

हओस् त ! मुना जी तपाईले आफ्नो बहुमूल्य समय दिनु भएकोमा यहांको आभार व्यक्त गर्दै आगामी दिनहरुको लागि प्रगतिको शुभकामना गर्दै बिदा हुन्छु । धन्यबाद !!
हजुर पत्रकारलाई झन मेरो धेरै धन्यबाद छ । हजुरले युएईको भ्रमणको क्रममा युएईमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरु र शुभचिन्तकहरुको माझमा केहि आफ्नो शब्दहरु राख्नुलाई अवसर दिनु भयो । धेरै धेरै धन्यबाद !!

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग