Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित अधिकारका लागि जिल्ला स्तरिय संयन्त्रमा गठन

Published on 6:44:00 PM //


नरेश भण्डारी
अधिकार लोकतन्त्र र समावेशी कोषको सहयोगमा उत्पीडित समुदाय उत्थान केन्द्रद्वारा सञ्चालित दलित सशक्तिकरण तथा समावेशीकरणका लागि साझा अभियान कार्यक्रम अन्तर्गत आज गठित जिल्ला स्तरिय संयन्त्रमा अध्यक्ष गणेश विश्वकर्मा चयन भएका छन् ।
१० जनाको संयन्त्रको सदस्यमा इन्सेक प्रतिनिधि नरेश भण्डारी, एकीकृत माओवादीका गिरिराज पाण्डे, कांग्रसका खिलध्वज पन्थी, एमालेका हिरा एसी, बार एशोशिएसनका प्रेमराज आचार्य, दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका चन्द्र विक, दलित अधिकारकर्मी धर्म विक, अपाङ्ग एकता समाजका घनबहादुर खड्का, उपीडित समुदाय उत्थान केन्द्रका कृष्ण नेपाली र जिल्ला विकास समितिका विनोद मरासिनी ।
राज्यको साधन र स्रोतमा दलित समुदायको पहुँच अभिवृद्धी गर्न, हिंसामा परेका दलितहरुको लागि न्यायिक पैरवी गर्न र नीति निर्माताहरुलाई दलित समुदायको पक्षमा नीति निर्माणको लागी दवाव दिन संयन्त्रको निर्माण गरिएको कार्यक्रमका व्यबस्थापक सिङ्गलाल सुनारले जानरकी दिए । गणेश विश्वकर्माको अध्यक्षता र कृष्ण नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग