Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा लागेको डढेलो नियन्त्रण वाहिर

Published on 3:53:00 PM //


जनार्दन घिमिरे
गुल्मीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको साउने जंगलमा बिहीबार शुरु भएको डढेलो निभाउन सकिएको छैन । विहिवार विहान शुरु भएको डढेलो निभाउन गएको सेना, प्रहरी, वन कार्यालयका कर्मचारी रस्थानीयवासीले विहीवार राती अवेरसम्म गरेको प्रयास असफल भएको छ ।

आगो निभाउन थप एक सय जना नेपाली सेनाको टोली डढेलो लागेको वन क्षेत्रतिर पठाएको कालीदत्त गुल्मका गुल्मपति सन्तोषकुमार थापाले जानकारी दिनुभयो । डढेलो नियन्त्रण गर्न वन कार्यालयका प्रमुख शिवप्रसाद शर्मा सहितको टोली, र प्रहरी शुक्रवार विहानै प्रभावित क्षेत्रमा खटिएको छ । विहिवार विहान हस्तीचौर र वडागाउँ गाविसको सिमानामा पर्ने ताराखसे भन्ने ठाउँबाट अचानक आगो सल्केको स्थानीय वासिन्दाको भनाइ छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग