Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चन्द्रकोट क्याम्पसको साधारण सभा सम्पन्न, भवन बनाउन मन्त्रालयले २५ लाख दिने

Published on 3:50:00 PM //


तेजेन्द्र थापा
हिजो फाल्गुन ३० गते श्री चन्द्रकोट क्याम्पस शान्तिपुरको तेश्रो साधारण सभा तथा जन्मोत्सव सम्पन्न भयो । चन्द्रकोट  क्याम्पस संचालक समितिका अध्यक्ष श्री झपटमान श्रेष्ठको सभापतित्वमा सम्पन्न, सो सभाको उदघाटन गुल्मी क्षेत्र  न. १ का सभासद श्री सुदर्शन बलालले गर्नु भएको थियो । सो अबसरमा क्याम्पस प्रमुख हिम बहादुर क्षेत्रीले क्याम्पसको बारेमा बोल्नु भएको थियो भने यसका गतिबिधिहरु माथि पनि प्रकाश पार्नु भएको थियो । सभामा बोल्दै क्याम्पस प्रमुख क्षेत्रीले स्थापनाको  छोटो समयमै क्याम्पसले धेरै प्रगति  गरेको र अब छिट्टै आफ्नै भवन भन्ने प्रक्रियामा रहेको बताउनु भयो । भवन निर्माणका लागि जग्गा खरिद समेत भै सकेको र भवन निर्माणको लागि शान्ति मन्त्रालयबाट रु. २५००००० समेत छुटाइसकिएको समेत जानकारी दिनु भयो । सो रकमको लागि पहल गरेकोमा सभाषद बलाललाई बिशेष धन्यबाद समेत दिनु भयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग