Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित श्रीमती नस्विकारेका युवालाई अदालतद्वारा जरिवाना सहित नाता कायम

Published on 9:13:00 PM //


पि.एम.मगर
एक गैरदलित युवक र दलित युवतीबीच जिल्ला अदालत बाग्लुङले नाता सम्बन्ध कायम गरेको छ। बलेवाका अर्जुन सुवेदी र बिनामारेकी माया नेपालीबीच श्रीमतिको नाता सम्बन्ध कायम गर्ने फैसला गरेको हो। अदालतका न्यायाधिश डिल्लीरमण तिवारीको एकल ईजलासले माया नेपालीलाई  मासिक १५ सय रुपैयाँ दिन समेत आदेश दिएको छ।  गत वैशाख १ गते प्रेम विवाह गरेका अर्जुनले तल्लो जातकी केटी भएकोले श्रीमति स्वीकार नगरेपछि माया अदालत पुग्नुभएको थियो। गत वैशाख २९ गते दायर गरिएको मुद्दामा अदालतले जातीय विभेद भएको ठहर गर्दै २५ सय रुपैयाँ जरिवाना समेत सुनाएको छ। आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो जानकारी गराईएको थियो। अदालतको निर्णयपछि नाता सम्बन्ध कायम भएपछि पनि अर्जुनले श्रीमति स्वीकार नगरे अंश दिनुपर्ने कानुनी प्रावधान रहेको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग