Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्घाखाँचीमा ३ शिक्षक सहित ५० निष्काशित

Published on 8:19:00 PM //


एसएलसी परीक्षामा मर्यादा विपरित काम गरेको भन्दै अर्घाखाँची जिल्लामा ३ शिक्षक सहित ५० जना विद्यार्थीलाई परीक्षा केन्द्रबाट निष्काशन गरिएको छ। परीक्षा हलको कोठाभित्र विद्यार्थीलाई चिट चोर्न सघाएको भन्दै अनुगमन टोलीले तीन जना शिक्षक र विद्यार्थीलाई निष्काशन गरेको हो। निष्काशित पर्ने शिक्षकमा शिव मदन उच्च मावि केन्द्रबाट खबर महमद अन्सारी र सरस्वती थापा रहेका छन। त्यस्तै सरस्वती मावि सितापुर केन्द्रबाट बाबुराम बेल्वासे निष्काशित भएका छन।
बेल्वासेलाई प्रमुख जिल्ला अधिकारीले र अन्सारी र थापालाई अनुगमन टोलीले मर्यादा विपरित कार्य गरेको भन्दै निष्कासन गरिएको छ। हलभित्र परीक्षार्थीले गेस पेपरबाट चिट चोराउनमा सघाएको र आफुले चिट खोस्न आग्रह गर्दा समेत अटेर गरेकाले निष्काशन गरिएको प्रजिअ केशवराज घिमिरेले बताउनुभयो। निष्काशनमा परेका तीनै जना शिक्षक यस पटकको एसएलसी परीक्षामा
निरीक्षक बस्न पाउने छैनन। उनीहरुलाई थप छानविन गरेर विभागीय कारवाही गरिने जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताउनुभयो। यसैगरी आठ केन्द्र्का ५० जना विद्यार्थीले पनि मर्यादा विपरित काम गरेकाले अग्रेजी विषयको परीक्षा रद्ध गरिएको छ। महेन्द्र विद्याबोध उच्च मावि बल्कोटबाट ६, शान्ति उच्च मावि धारापानीबाट ८ जना, नुवाकोट मावि चिदिचौरबाट ८, सुदा उच्च मावि जुकेनाबाट ४, ज्योती उच्च मावि ठाडाबाट ८, सरस्वती मावि सितापुरबाट १, कृष्ण उच्च मावि मैदानबाट १३, हरिहर संस्कृत तथा साधारण उच्च मावि केन्दं्रबाट २ जना विद्यार्थी निष्काशित भएको खनालले जानकारी दिनुभयो।
यता पाल्पामा बिहान ८ बजेदेखि शुरु हुने परिक्षामा आज पहिलो दिन भने कुनै केन्द्रमा ८.१० त केही केन्द्रमा सवा ८ बजेबाट परिक्षा शुरु गरिएको केन्द्रहरुले जनाएको छ। पहिलो दिन केन्द्राध्यक्षद्धारा बिद्यार्थीलाई नियम समयावधि तथा बिद्यार्थीको सिट खोज्नुपर्ने हुदाँ केही ढिलो परिक्षा शुरु भएको जिल्ला शिक्षा कार्यालयका उपसचिब मनोज गैरेले जानकारी दिनुभयो। यसैबिच आजको परिक्षा पाल्पा जिल्लामा शान्ति, मर्यादित वातावरणमा सम्पन्न भएको पनि जिल्ला शिक्षा अधिकारी बिष्णु बहादुर द्धारेले जानकारी दिनुभएको छ।
जिल्ला सदरमुकाममै प्रश्नपत्र समयमा पुग्न नसक्दा म्याग्दी सदरमुकाम बेनीका तिनओटा केन्द्रमा निर्धारित समयभन्दा आधा घण्टा ढिलो परिक्षा शुरु भएको छ। बिहान आठ बजेदेखि परिक्षा शुरु हुनुपर्नेमा प्रकास मावि केन्द्रमा प्रश्न अपुग भएका र सदरमुकामकै अर्को एक केन्द्रमा बढि भएका कारण सदरमुकामका प्रकास मावि, न्यू वेष्टप्वाइण्ट आवासिय उच्च मावि र बेनी सामुदायिक मावि केन्द्रमा साढे आठ बजेदेखि शुरु भएको थियो । पहिलो दिन भएको र प्रश्नपत्र समयमा पु¥याउन समस्या भएका कारण केहि ढिला भएको वताईएको छ। यसैबिच म्याग्दीकै जिल्ला कारागार शाखाबाट एकजना मात्र परिक्षार्थी सहभागि छन्। कारागारमा बन्दी जिवन बिताइरहेका टेकबहादुर मिजार नियमित तर्फका विद्यार्थी भएको शिक्षा कार्यालयको परिक्षा शाखाले जनाएको छ। त्यस्तै बाबियाचौर केन्द्रबाट शसत्र  द्वन्द्वका क्रममा दुबै हात गुमाएका सुरेन्द्र खत्रीले पनि नियमित परिक्षार्थीका रुपमा परिक्षामा सहभागि भइरहेको परिक्षा शाखाका विश्वप्रकास रेग्मीले बताउनुभयो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग