Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवा नीतिका विषयमा जानकारी नभएपछि युवाहरु पछाडी

Published on 8:21:00 PM //


पि.एम.मगर
राष्ट्रिय युवा नीति अनुसार राज्यले आफ्ना कृयाकलापहरुलाई अगाडी वढाएको छ वा छैन भन्ने विषयमा युवाहरु नै सचेत हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।
राज्यले युवाहरुका लागि भन्दै विभिन्न कार्यक्रम तथा वजेट विनियोजन गरे पनि यसको पारदर्शी ढङ्गवाट कार्यान्वयन भएको छ वा छैन भन्ने विषयमा हामी आफैले खोज्नुपर्ने र प्रभावकारी कार्यान्वयनका लागि दवाव सृजना गर्नुपर्ने उनीहरुले वताएका छन्। एकीकृत ग्रामिण विकास समाज गुल्मीको आयोजना र यू.एन.एफ.ए. नेपालको सहयोगमा सञ्चालित आईसीपिडी, डव्लुपी र राष्ट्रिय नीति स्थानीय स्तरमा कार्यान्वयनको अनुगमन संवन्धी एक दिने तालिममा सहभागीहरुले यस्तो कुरामा जोड् दिएका हुन् ।
प्रमुख अतिथि नेपाल युवा संस्था सञ्जाल आयोनका केन्द्रीय सदस्य तिलोत्तम पौडेलले हाम्रो माझमा श्रोत तथा साधनहरु रहेपनि जानकारी हुन नसकेको भन्दै अव यस्लाई खोज्नुपर्ने र सोही अनुसार कार्यान्वयनको पक्षमा जोड दिनुपर्ने वताउनुभयो। त्यस्तै आयोजक संस्थाका उपाध्यक्ष हिरा एसीले राज्यमा युवाहरुका लागि भन्दै नीतिहरु पनि वनेको तर प्रभावकारी हुन नसकेको वताउनुभयो । उहाँले अव युवाहरुले मुलुकको हरेक गतिविधिको अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो। राज्यले विभिन्न अन्तराष्ट्रिय सन्धी सम्झौतामा हस्ताक्षर गर्ने तर यसलाई कार्यान्वयनमा लैजान नसक्ने स्थिति विद्यमान रहेको भन्दै अव यसतर्फ पनि युवाहरुको ध्यान जानुपर्ने वताउनुभयो।
कार्यक्रममा युवाहरुका लागि अन्तराष्ट्रिय कार्ययोजना तथा अनुगमनका विषयमा आयोजनका केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि पौडेलले प्रकाश पार्नुभएको थियो भने राष्ट्रिय युवा नीति २०६६ का विषयमा आयोजक संस्थाका उपाध्यक्ष हिरा एसीले प्रकाश पार्नुभएको थियो । कर्यक्रममा वोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द विकले युवाहरुको पक्षमा आफु पनि लागिरहेको वताउँदै आगामी दिनहरुमा पनि युवाको हरेक पक्षमा लागी पर्ने वताउनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न क्लव तथा संघसंस्थाका युवा प्रमुखहरु एवं पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो।
यसैविच युवाहरुको संगठनलाई एकतृत गर्न र संगठिट गर्न जिल्लामा हिरा एसीको संयोजकत्वमा जिल्ला स्तरीय युवा समन्वय समितिको समेत गठन गरिएको छ। समितिको सचिवमा पि.एम.मगर, सदस्यहरु निरञ्जन थापा, सन्तोष थापा, रुमा घर्ति, ओम कार्की, नारायण आचार्य लगायत रहनुभएको छ भने समितिको सल्लाहकार संयोजकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द विश्वकर्मा रहनुभएको छ। कार्यक्रम संस्थाका अध्यक्ष गणेश श्रीपालीको अध्यक्ष एवं कोषाध्यक्ष शंकर नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो। समितिले तीन महिनाभित्र जिल्लाका युवा क्लवहरुसँग समन्वय गरी भेला वोलाउने भएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग