Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लोपहुँदै गएको सरायँ नाच संरक्षणमा जुटे युवाहरु

Published on 12:03:00 AM //


विष्णु पौडेल
गत दशैँमा गुल्मीको नेटा डर्लीङमा सराँय नाच्दै । फाइल तस्बिर: तेजेन्द्र थापा 
सराँय नाच संस्कृति लोप हुँदै जान थालेपछि गुल्मी जिल्लाका युवाहरु आफ्नो संस्कृति वचाउन लागेका छन् । गुल्मी लगायतका आसपासका क्षेत्रमा निकै महत्व वोकेको ऐतिहासिक सरायँ नाच पछिल्लो समयमा लोप हुन थाले पछि यसको संरक्षणमा गुल्मेली युवाहरु जुटेका हुन् । विशेष गरेर विजया दशमीको अवसरमा हुने सरायँ नाँच पछिल्ला केही वर्षहरुमा कम भएको थियो । स्वदेशमै पर्याप्त रोजगारी नभएपछि युवाशक्ति विदेशिने तथा गाउँघरमा भएका केही युवाहरुले पनि यस प्रति चासो नदेखाएका कारण लोप हुने अवस्थामा पुगेको थियो ।
संस्कृति तथा रितिरिवाजहरु एक पुस्तावाट अर्को पुस्तामा हस्तान्तरण हुने भएपनि युवा पुस्ताले चासो नदेखाएपछि यसो हुन सकेको थिएन । तर पछिल्ला केही समय यता युवा पुस्ताहरु यसको महत्व वुझ्न थालेका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका युवा क्लव तथा युवासंगठनहरुले सर ायँ नाच प्रतियोगिताको आयोजना गर्न थालेका छन् । वडादशैँ तथा चैते दशैँको अवसरमा विभिन्न क्लवहरु तथा पुजा व्यवस्थापन समितीले सरायँ नाचको आयोजना गर्ने गरेका छन् । युवाहरुले प्रतियोगितात्मक स्वरुपमा आयोजना गरेको सरायँ नाचमा युवा पंक्तिहरुको उल्लेखनीय सहभागिता रहने गरेको छ। यसैगरी आज चैते दशैँको अवसरमा जिल्लाका विभिन्न शक्तिपीठ तथा धार्मिक स्थलहरुमा सरायँ नाँच सम्पन्न भएको छ ।
घमिर गाविसको वडा नम्वर १ मा रहेको कालिका मन्दिरमा मन्दिर व्यवस्थापन समितिले प्रतियोगितात्मक रु पमा सरायँ नाच आयोजना गरेको थियो । प्रतियोगितामा सहभागित झण्डै डे ढ सय प्रतियोगि मध्ये अधिकांश युवाहरु रहेको स्थानीय वुद्धिजिवि सन्तोष लम्सालले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार प्रतियोगितामा उत्कृष्ठ हुने १ ७ जनालाई पुरस्कार समेत प्रदान गरिएको छ । गत केहीवर्षदेखि प्रतियो गितात्मक रुपमा उक्त मन्दिरमा सुरु भएको सरायँ नाचलाई आगामी वर्ष अझ व्यवस्थित गरेर लैजाने मन्दिर व्यवस्थापन समितीकी अध्यक्ष धना घिमिरे ले जानकारी दिनुभयो ।
यस्तै मुसीकोट अमराईमा रहेको आलमदेवि मन्दिर पुजा व्यवस्थापन समितीले पनि प्रतियोगितात्मक रुपमा सरायँ नाच आयोजना गरेको छ । ६ समुहको समुहको सहभागिता प्रतियोगितामा मैदान ठुलापोखरा समुह प्रथम, मुसीकोट १, २ र ३ को संयुक्त समहु द्धितीय, हस्तिचौर मल्दि समुह तृतीय र महिला समुह सान्तवना भएका छन् । पुजा व्यवस्थापन समितिका उपाध्यक्ष गणेश वहादुर कार्कीले लोप हुँदै गएको सरायँ नाच युवा पिढिमा हस्तान्तरण गर्न प्रतियोगितात्मक रुपमा सरायँ नाच आयोजना गरिएको वताउनुभयो ।
प्रतियोगितामा युवाहरुको उल्लेखनीय रुपमा सहभागिता रहेको स्थानीय शिक्षक कृष्ण भट्टराईले जानकारी दिनुभयो । भट्टराईले दिएको जानकारी अनुसार केही वर्ष यता मुसीकोट क्षेत्रमा आयोजना हुने सरायँ नाचमा युवाको वाक्लो उपस्थिती रहने गरेको छ । यस्तै जिल्लाकै पश्चिममा रहेको छापाहिले मा पनि सरायँ नाच सम्पन्न भएको छ । हिमालय युवा क्लवले आयोजना गरे को सरायँ नाचमा युवाहरुको व्यापक उपस्थिती रहेको अध्यक्ष ओम कार्कीले जानकारी दिनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग