Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोरियामा आत्महत्या गरेका मजदुरको परिवारलाई सहयोग संकलन गर्दै गुल्मी सम्पर्क समिति

Published on 12:36:00 AM //


टीका पुन मगर
केहि समय अगाडी दक्षिण कोरियामा आत्महत्या गरेका गुल्मी जिल्ला दिगाम गा वि स वार्ड न. -६ मौलीपुरका मृतक पदम पन्थका परिवारको लागि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आर्थिक सहयोग संकलन गर्ने भएको छ।

मृतक पन्थको नेपालस्थित घरको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ। बाबुको सानैमा मृत्यु भएकोले गर्दा आमाले दुख गरि छोराछोरीलाई हुर्काएकी थिईन। मृतक पन्थ हुर्केपछी परिवारको आर्थिकभार उनको काँधमा आएको थियो।

आर्थिकभार पुरा गर्नको लागि दक्षिण कोरिया आइपुगेका पन्थको असामयिक मृत्यु भएपछी उनको परिवारको आर्थिक स्रोत नै बन्द भएको छ। चार जनाको परिवारलाई हात मुख जोर्न पनि कठिन भएको छ।

त्यसैले मृतक पदम पन्थको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले मृतक पन्थको परिवारलाइ केहि मात्रामा भएपनि राहत दिने उद्देश्यले आर्थिक सहयोग जुटाउदै छ। सेवा नै धर्म हो भन्ने आत्मसाथ गर्दै दक्षिण कोरियामा रहनु भएका गुल्मीवासी लगायत सम्पूर्ण नेपालीहरु र संघ संस्थाहरुलाई आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन समितिले अपिल गरेको छ। सहयोगीहरूबाट संकलित रकमको हिसाब मृतकको परिवारलाई रकम हस्तान्तरण गरेपछि सार्वजनिक गरिने पनि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जनाएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग