Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एसएलसीलाई मर्यादित बनाउन सुझाब

Published on 9:29:00 PM //


विष्णु पौडेल
नजिकिएको एस एल सी परिक्षालाई मर्यादित र व्यवस्थीत वनाउन एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् । गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला स्तरीय एस एस सी परिक्षा समन्वय समितीले आयोजना गरेको माध्यामिक विद्यालयका प्राध्यानाध्यापकहरुको अन्तरक्रियात्मक वैठकका सहभागिहरुले यस्तो सुझाव दिएका हुन् । उनीहरुले गतवर्षको तुलनामा यसवर्ष अझ वढि मर्यादित परिक्षा वनाउन समन्वय समितीलाई आग्रह समेत गरेका छन् ।
समन्वय समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागि विभिन्न भेषागत शिक्षक संगसंगठनका प्रतिनिधीहरुले केन्द्राध्यक्ष तथा अनुगमन समिती वनाउँदा राजनीतिक भागवन्डामा हुन नहुनेमा जोड दिएका थिए । कार्यक्रममा एस एल सी परिक्षा समन्वय समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले परिक्षालाई व्यवस्थीत र मर्यादित वनाउने कार्यमा सवैले सहयोग पु¥याउन आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले परिक्षा मर्यादित र व्यवस्थित वन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले परिक्षालाई व्यवस्थीत वनाउन कुनै कसुर नराख्ने वताउनुभयो ।
चैत्र ७ गतेवाट सुरु हुने एस एल सी परिक्षामा गुल्मीवाट नियमित तथा आंशिक गरी ७ हजार सहभागि हुँदै छन् । जिल्लामा ३० ओटा परिक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग