Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङ लागेर १ जनाको मृत्यु, दर्जन बढी अचेत, चिसो पनि बढ्यो

Published on 9:26:00 PM //


विष्णु पौडेल
गुल्मीका विभिन्न स्थानमा परेको चट्याङका कारण ठुलो क्षति भएको छ । आज दिउँसो पानीसँगै परेको चट्याङ लागेर वाँझकटेरी गाविसमा १ जना वालकको मृत्यु भएको छ भने दर्जन वढि अचेत भएका छन् । वाँझकटेरी गाविस वडा नम्वर २ फुस्रेधाराका हिमलाल भुसालका ८ वर्षीय छोरा प्रेम भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । चट्याङवाट गाविसका विभिन्न स्थानमा दर्जन वढि व्यक्तिहरु अचेत भएका छन् भने केही पशुचौपाय पनि मरेको स्थानीय सुर्य प्रसाद भुसालले जानकारी दिनुभयो ।
यस्तै सिर्सेनी गाविसमा पनि चट्याङले ठुलो क्षति पु¥याएको छ । गाविसको वडा नम्वर ७ पोखराका भोजराज अर्यालेको घर नजिकै परेको चट्याङवाट पनि दर्जन वढि व्यक्तिहरुलाई क्षति पु¥याएको छ । कसैको हात नचल्ने तथा कसैको वेहोस अवस्थामा रहेको स्थानीयवासीले जानकारी दिएका छन् । घाईते मध्ये पवित्रा विक र विष्णु विकको अवस्था अलि गम्भिर रहेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको मोतिवहादुर थापा जानकारी दिनुभएको छ ।
चट्याङका कारण सिर्सेनी र वाँझकटेरीमा लाखौँ मुल्य वरावरका विद्युतीय सामग्रीमा क्षति पुगेको छ । सिर्सेनी गाविसमा सञ्चालित वाङ्ग्रेखोला लघुजलविद्युतमा पनि क्षति पुगेको लघु जलविद्युतका अध्यक्ष मोतिवहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै पश्चिमी वायुका कारण एक्कासी परेको पानीले गुल्मी सहित देशभर चिसो वढेको छ । एक्कासी विहान देखि परेको हल्का पानीले गुल्मीमा चिसो वढेको छ । सदरमुकाम तम्घास सहितका ग्रामिणका भेगहरुमा पानी परेको थियो । यस्तै उच्च हिमाली भागहरुमा हिमपात भएको वताईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग