Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दरम खोलाको मोटरेवल पक्की पुलको निर्माण कार्य पुन सुचारु

Published on 6:00:00 PM //


बागलुङको दगातुम्डाडा र गुल्मीको वामी जोड्ने दरम खोलाको मोटरेवल पक्की पुलको निर्माण कार्य पुन सुचारु भएको छ । पुल समयमा नवनेर निराश भएका उपभोक्ताहरुलाई केहि आस पलाउने गरि निर्माण कार्य शुरु भएको हो । यसै क्रममा पुलको निर्माण संगै पुल नजिकमा पर्ने दरमखोला लघुजल विद्युत परियोजनाको नहर तथा स्थानीय दधिराम सापकोटाको घर लाई कसरी व्यावस्थापन गर्ने भन्ने विषयमा वामी तथा दगातुम्डाडाका उपभोक्ता, प्रतिनिधि र सडक डिभिजन कार्यालयका प्रतिनिधि हरु संगको बैठक सम्पन्न भएको छ ।

बैठकले दधिराम सापकोटाको घर सडक निर्माणगर्दा जान सक्ने भन्दै क्षतिपुर्तिको लागी जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत सडक डिभिजन कार्यालयमा अनुरोध गर्ने, स्थानिय दरमखोला लघु जल विद्युत परियोजनाको नहरलाई हाल रहेको स्थान वाट दक्षीण तर्फ स्थानान्तरण गर्न, तथा पुलको दुवै तर्फको ५ सय मिटर सडक कटिङ गर्न क्षेत्रिय सडक डिभिजन कार्यालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठक पछि क्षेत्रिय सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनिय विष्णु श्रेष्ठले उपभोक्ताले गरेका निर्णय हरुले पुल निर्माण गर्न सहजता हुने भन्दै तत्काल कार्यान्वयनमा जान आफुले प्रयास जारी राख्ने वताउनु भएको छ । त्यस्तै पुलको वाँकि पिल्लरको ढलान गरिएको छ ।

रिडि-रुद्रवेणी मोटरवाटो उपभोक्ता समितिका अध्यक्ष कृष्णहरी सापकोटाको अध्यक्षतामा वसेको वैठकमा क्षेत्रिय सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर विष्णु श्रेष्ठ, निर्माण व्यावसायीका तर्फवाट इन्जिनियर सुमन मिश्र, सोमनाथ सापकोटा, सुनिल शेरचन, भुवन जि।सि।, महेस वहादुर जि।सि। लगाएतको सहभागीता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग