Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकको डेरामा अज्ञात समुहको ढुङ्गामुडा

Published on 4:14:00 AM //


विष्णु पौडेल
गुल्मीको वामी गाविसमा रहेको सारदामन्दिर माध्यामिक विद्यालयका शिक्षक वस्दै आएको एक घरमा अज्ञात समुहले ढुङ्गा मुढा गरेको छ । वामी गाविस वडा नम्वर ३ ढावरोडका लेकप्रसाद सापकोटाको घरमा डेरा गरी वस्दै आएका ज्ञानहर ी सापकोटाको डेरामा ढुङ्गा मुढा भएको हो । ढुङ्गा मुढावाट शिक्षक वस्दै आएको कोठाको भm्याल तथा ढोकामा क्षति पुगेको छ ।
३-४ जनाको समुहमा आएको अज्ञात समुहले ढुङ्गामुडा गरेको शिक्षक सापकोटाले वताउनुभयो । शिक्षक भर्खरै सम्पन्न एस एल सी परिक्षामा जिल्लास्तरीय अनुगमन कर्ताको रुपमा परिक्षाकेन्द्र वामीमा खटिनुभएको थियो । यसैविच सोही समुहले सोही स्थानमा रोकी राखेको लु १ च ४१६६ नम्वरको निजि जिपमा पनि तोडफोड गरेको छ । तोडफोडवाट जिपको अगाडिको सिसा फुटेको छ भने अन्य भागमा पनि क्षति पुगेको छ ।
अज्ञात समुहको तोडफोडवाट जिपमा १ लाख वरावरको क्षति भएको जिप मालिक कृष्ण मुराहरी सापकोटाले जानकारी दिनुभयो । घटनाको वारेमा जानकारी पाएलगत्तै अज्ञात समुहको खोजी कार्य जारी रहेको प्रहरी चौकी वामीका प्रमुख धन वहादर थापाले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग