Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चार महिनामा ४६ क्षयरोगी भेटिए

Published on 2:42:00 PM //

गुल्मी जिल्लामा चार महिनाको अवधिमा ४६ जना क्षयरोगी भेटिएका छन् । नेपाल क्षयरोग निवारण संस्था गुल्मीले दिएको जानकारीअनुसार जिल्लाका विभिन्न गाविसमा ती रोगीहरु भेटिएका हुन् ।
तम्घास अस्पताललगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा गरिएको खकार जाँचका क्रममा ती बिरामी पत्ता लागेको क्षयरोग निवारण संस्थाका आजीवन सदस्य तथा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत कृष्ण पन्थीले बताउनुभयो ।
जिल्लामा जिल्ला अस्पताल, तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई स्वास्थ्य चौकी गरी छ स्वास्थ्य संस्थामा खकार जाँच गर्ने प्रविधि भएकाले रोग पत्ता लगाउन सजिलो भएको उहाँले बताउनुभयो ।
गाउँमा जनचेतना अभावका कारण रोग लुकाएर बस्ने गरेकाले बढी मात्रामा यो रोग सर्ने गरेको उहाँको भनाइ छ । क्षयरोगको उपचारको विषयमा जानकारी नै नभएर रोग फैलन थालेपछि अकालमा मृत्यु हुन नपरोस् भनेर नेपाल क्षयरोग निवारण संस्था गुल्मीले चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
क्षयरोगको परिचय, लक्षण, निदानका उपायलगायतका विषयमा सरोकारवालालाई जानकारी दिई गाउँगाउँमा सूचना प्रवाह गर्न संस्थाले चेतनामूलक कार्यक्रम सुरु गरको हो ।
क्षयरोगको औषधि छ महिनासम्म नियमितरुपमा सेवन गरेमा रोग निको हुने भएकाले यस विषयमा जानकारी गराउन अभियान सुरु गरिएको संस्थाका सचिव अखिलेश्वरप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
जनचेतना अभावका कारण रोग लुकाउँदा नेपालमा दैनिक १२ जनाको क्षयरोगकै कारण मृत्यु हुने गरेको सरकारी तथ्याङ्क रहेको संस्थाका अध्यक्ष शशि पन्थीले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग