Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

होली खेल्दा छतबाट खसेर युवतीको मृत्यु

Published on 3:39:00 PM //


मकर श्रेष्ठ
पेप्सीकोलामा होली खेल्नेक्रममा छतबाट खसेर एक युवतीको मृत्यु भएको छ । होली खेल्नेक्रममा रङ छ्यापाछाप गर्दा तीन तले घरबाट खसेर १७ वर्षीया सिम्रन कार्कीको मृत्यु भएको छ । छतबाट खसेर गम्भीर घाइते उनको उपचारकोक्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो । सिर्मन स्टाफ नर्स पढ्दै थिइन् । यसैबीच होली खेल्ने क्रममा छतबाट लडेर सोमबार हरिवन गाविस-९ का ६ वर्षीय यशस्वी भट्टराई गम्भीर घाइते भएका छन् । साथीभाइसँग होली खेल्ने क्रममा छिमेकी राजन बुढाथोकीको एकतले घरबाट लडेर घाइते भएका बालकलाई उपचारार्थ एम्बुलेन्समा भरतपुर पठाइएको हरिवन इलाका प्रहरी कर्यालयका निरीक्षक श्यामल सुब्बाले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग