Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिजुलीको पोलको बिषयमा गुल्मेली र प्युठानेबिच झडप, २५ बढी घाइते

Published on 6:31:00 AM //


तुल्सिङ म्युजिक (रनपछाँई)
प्यूठान र गुल्मीको सिमाना पर्ने अग्लुङफेदीमा विजुलीको पोलको विषयलाई लिएर प्यूठान र गुल्मीका बासिन्दाबीच झडप भएको छ।
झडपमा दुबै पक्षका २५ जनाभन्दा बढी घाइते भएका छन् । गुल्मिका लागि लगिएका बिजुलीका पोल प्यूठानका रजवारावासीले आफूहरुका लागि पनि आएको भन्दै खोसेर लान थालेपछि गाउँलेबीच झडप भएको हो । गतवर्ष गुल्मिको अग्लुङमा झारीएका १ सय ४० पोलमध्ये ३१ वटा पोल रजवाराका स्थानीयले खोसेर लगि स्कुलमा राखेका छन् । बिद्युत प्राधिकरण प्यूठान शाखाले भने पोल प्यूठानका लागि नभै गुल्मिका लागि नै पठाइएको बताएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग