Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा साढे सात हजारले एस.एल.सी दिँदै, आज अनिवार्य अंग्रेजी विषयको परीक्षा

Published on 12:05:00 PM //


रेडियो रेसुङ्गा
आज देखि शुरु हुन गईरहेको एस.एल.सी प्रबेशिका परिक्षामा गुल्मीवाट ७ हजार ८ सय ८० जना बिद्यार्थीले सहभागिता जनाउदै छन्। गतबर्ष भन्दा यस वर्ष बिद्यार्थी संख्या बढेकाले २ केन्द्र थप गरि ३० पु¥याईएको छ।
गत वर्ष २८ परिक्षा केन्द्र कायम गरिएको थियो। यस वर्षको परिक्षामा नियमिततर्फ ५ हजार ५ सय र आंशिकतर्फ २ हजार ३ सय ८० जना बिद्यार्थीले एस.एल.सी परिक्षा दिदै छन्। विगतको वर्ष भन्दा एक हजार वढी विद्यार्थीहरु एसएलसी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ। यस वर्ष सवैभन्दा वढि मालिका उच्च माध्यमिक विद्यालय मर्भुङ्ग सिमलटारी परिक्षा केन्द्रवाट ३ सय ९९ जना विद्यार्थीले परीक्षा दिने र हिमालय उच्च माध्यमिक विद्यालय हस्तीचौरमा सवै भन्दा कम १ सय ८२ जना विद्यार्थीले परीक्षा दिने कार्यालयले जानकारी दिएको छ। परिक्षाको संपुर्ण तैयारी पुरा भएको जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बताउनुभयो। आज विहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो वताउनुभएको हो। उहाँका अनुसार सदरमुकाम तमघास स्थित महेन्द्र उच्च माध्यमिक विद्यालयको केन्द्र क वाट केन्द्राध्यक्ष, निरीक्षक तथा सुरक्षा क्षेत्रमा पनि सवै महिलाले नै नेतृत्व लिएका छन्। परीषाका लागि सदरमुकाम तमघासमा ३ र सदरमुकाम वाहिर २७ गरि ३० केन्द्र तय गरिएको छ। यस वर्ष एक जना अपाङ्गता भएका विद्यार्थीले पनि परिक्षामा सहभागीता जनाउँदै छन्। परीषालाई थप प्रभावकारी, व्यवस्थित तथा मर्यादित वनाउन सुरक्षा तथा चेकजांच तिब्र पारिने जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीषक राजकुमार वैदवारले जानकारी दिनुभयो। यो वर्ष गुल्मीवाट सामुदायिक १ सय १०,संस्थागत १२ र खुल्लातर्फ १ गरी कुल १ सय २३ विद्यालयका विद्यार्थीहरुले परीषा दिदैछन्।
प्रमुख जिल्ला अधिकारी एवं परीक्षा समन्वय समितिका अध्यक्ष कविन्द्र नेपालले जिल्लाका सवै केन्द्रहरुवाट परीक्षा मर्यादित रुपमा सम्पन्न हुने वताउनुभएको छ। साथै उहाँले परीक्षाको समयमा परीषालाई नै प्रतिकुल असर पु¥याउने तरिकाले कार्य भएमा जुनसुकै पक्षलाई पनि शिक्षा ऐन अनुसारको कारवाही हुने वताउनुभएको छ। परीक्षा मर्यादितसंगै व्यवस्थित, अनुशासित र शान्तिपुर्ण बनाउन सबैले राजनीतिक दल, यहाँका वुद्धिजीवि तथा पत्रकार सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाइएका छन्।
यता पाल्पा जिल्लामा नियमिततर्फ ५ हजार ६६ र एक्जम्टेडतर्फ १ हजार ४ सय ७३ परीक्षार्थी सहभागी हुने शिक्षा कार्यालयले जानकारी दिएको छ। गत वर्षको एसएलसीमा ४ हजार ८ सय ९० नियमित र १ हजार ७६ एक्जम्टेडका विद्यार्थी सहभागी थिए। त्यस्तै कपिलवस्तु जिल्लावाट ६ हजार १ सय २९ जना विद्यार्थीले भोलीदेखि शुरु हुने एस.एल.सी परिक्षामा सहभागी हुदै छन्। जिल्लाका सामुदायिक ५६, संस्थागत २७, खुल्ला विद्यालय १ गरि ८४ वटा विद्यालयका विद्यार्थीहरुले परिक्षा दिदै छन्। जसमा नियमित तर्फ ५ हजार ३ सय ६७ जना र एकजाम्टेड तर्फ ७ सय ५६ गरि जम्म ६ हजार १ सय २९ जना रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। यस वर्ष फारम भरी प्रयोगात्मक परिक्षामा सहभागी नभएका र राजश्व नवुझाएका २८१ जना विद्यार्थी परिक्षा दिनवाट वन्चीत भएको जिल्ला शिक्षा कार्यालयका उपसचिव एवं सूचना अधिकृत महेन्द्रमान सिंहले जानकारी दिनुभयो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग