Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अज्ञात समुहले यातायात मजदुर कुटे

Published on 5:50:00 AM //

विष्णु पौडल
 नचिनेका युवाहरुको समुहले गुल्मीको सदरमुकाम तम्घासमा यातायात मजदुर माथी कुटपिट गरेका छन् । लु १ ख ३५५० नम्वरको ट्रकका चालक गुल्मीको सिमिचौर गाविस वडा नम्वर २ का नारायण वस्नेत र सहचालक सोही स्थानकै विष्णु वस्नेतलाई नचिनेका युवाहरुको एक समुहले गएराती कुटपीट गरेको हो । भैरहवाट ल्याएको नयाँवजारका नवराज पाण्डेको समान झार्दै गरेको अवस्थामा उनीहरुले आफुहरु माथि एक्कासी कुटपीट गरेको पिडित वस्नेतले वताउनुयभो । तीन चार जनाको समुहमा आएका युवाहरुको कुटपीट वाट चालक नार ायण वस्नेत घाईते हुनुभएको छ ।
वाहिरी रुपमा चोट नदेखिएपनि भित्री रुपमा चोट परेको उहाँले जानकारी दिनुभयो । त्यस्तै सहचालक विष्णु वस्ने तको पनि कानमा चोट लागेको छ । उहाँहरु दुवैको स्थानीय मेडिकलमा उपचार पछि आराम गरीरहनुभएको छ । करिव १० मिनेट सम्म उनीहरुले कुटपिट गरेको र वरिपरिका स्थानीय वासी आएपछि उनीहरु भागेकाले आफुले चिन्न नसकेको वस्नेतको भनाई छ । यता जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनाका सम्वन्धमा छानविन जारी रहेको जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग