Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालुवामा रमेको जिवन

Published on 4:30:00 AM //


केशव घिमिरे
२४ बर्षिया गंगा गाहाको दिन चर्या बगरको गिट्टी र बालुवामा खेलेर बित्ने गरेको छ । उनी दैनिक जसो विहान ७ बजे देखि साझँ ६-७ बजे सम्म कालिगण्डकी नदी किनारमा बालुवा चाल्नमा नै व्यस्त हुने गर्दछिन् ।

उनको यो कामलाई उनका श्रीमान उत्तम गाहाले पनि साथ दिने गरेका छन् । प्रेम विवाह गरेका गुल्मीको रुरु ४ रिडीका गाहा दम्पतीले आफुले चालेको बालुवा बेचेर जिवीकोपार्जन गर्दै आएका छन् । प्रशस्त जग्गा-जमीन नभएकोले गाहा दम्पतीले बगरमा बालुवा चाल्नु परेको हो । गंगाले भनिन् ‘अन्य जोखीमपुर्ण काम गर्नु भन्दा बगरमा बालुवा चाल्न सजिलो छ । यसबाट पनि घर खर्च चलेकै छ ।’

एक छोरीका अबिभावक समेत बनेका गाहा दम्पितीले आफुले कम पढे पनि छोरीलाई बालुवा चालेरै भएपनि पढाउने इच्छा पालेका छन् । उत्तमले भने आफुले कम पढ्नाले मजदुरी गर्नु परेको छ, छोरीले जती पढ्छे हामीले पढाउने हो । ७ बर्षिया उनकी छोरीले अहिले रुरु प्राथमीक बिद्यालय कक्षा एकमा अध्ययनरत छन् । उत्तमले विगत १२ वर्ष देखि यो काम गर्दै आएका हुन् भने गंगाले पनि तीन वर्ष अगाडि देखि बालुवा चाल्दै आएकी छन् ।

गाहाको जोडीले जस्तै रुरु ४ रिडीकी अम्बिका थापाले पनि बालुवा चालेर आफ्नो जिवीका चलाउदै आएकी छन् । गुल्मी बलीथुममा जन्मीएकी थापाले रिडीका राजेश थापा सगं प्रेम विवाह गरेपछि पछिल्ला ३ बर्ष यता बालुवा चाल्दै आएकी हुन् । २०६३ सालमा तरकारी पसल गरेको भएपनि त्यसबाट राम्रो आम्दानी नभए पछि बालुवा चाल्न थालेको अम्बिकाले बताईन । १० वर्ष अगाडि विवाहबन्धनमा बाधिएका थापा दम्पतीको अहिले युकेजीमा अध्ययनरत ६ बर्षिया एक छोरी र साढे तीन बर्षको एक छोरा रहेका छन् ।

गाहा र थापा दम्पती जस्तै बगरमा बालुवा निकाल्ने करिव एक सय मजदुहरुको दैनिकी यहि बनेको छ । जसमा करिव दुई दजर्न बिवाहीत दम्पती छन् । उनीहरुले एक दिनमा बढीमा ६ ट्रक सम्म बालुवा चाल्ने गरेका छन् । यसबाट प्रति व्यक्ति दैनिक तीन सय रुपैयाँ सम्म आम्दानी हुने गरेको मजदुरहरु बताउछन् । एक ट्रक बालुवाबाट उनीहरुले २७ सय रुपैयाँ सम्म आम्दानी गर्ने गर्दछन् । उनीहरुले मजुरहरु विरामी पर्दा वा कसैलाई अप्ठेरो पर्दाका लागि भनेर रकम संकलन समेत गर्ने गरेका छन् । मजदुरहरुले दैनिक एक ट्रकबाट एक सय रुपैयाँका दरले मजदुरको भलाईको लागि पैसा छुट्टाउने गरेको मजदुर प्रतिनिधी नरेन्द्र रेश्मीले जानकारी दिए । उनले भने पुरुषका तर्फबाट एकट्रकको एकसय रुपैयाँ छुट्टयाउने गरेका छौ र कोहि विरामी भयो भने तीन महिना सम्म लागि पैसा उठाएर दिने गरेका छौं ।

मजदुरहरु विच महिला र पुरुषमा कुनै भेदभाव छैन । उनीहरुले कमाएको पैसा सवैमा बराबर बाड्ने गरेका छन् । हिउदँको समय भएकोले अहिले उनीहरु बालुवा चाल्नमा व्यस्त छन् । बर्षाको सिजनमा नदी बढेर आउने भएकाले उनीहरुले हिउँदको समयमा मात्र बालुवा निकाल्न गर्दछन् । असार , साउन र भदौमा काम नहुने उनीहरु बताउछन् । मजदुर प्रतिनीधि रेश्मीका अनुसार २ मिटर तल सम्म मात्र राम्रो बालुवा भेटीने गर्दछ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग