Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनामा पाँचको मृत्यु

Published on 3:07:00 PM //


बुटवल, चैत २५ - रुपन्देहीको मुर्गियामा आज बिहान भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा करिब एक दर्जन घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गको मुर्गिया बजारमा पश्चिमतर्फबाट आउँदै गरेको लु१ज १४८ नं.को जिप र बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ३१९५ नं. को बस एकआपसमा ठोक्किएका थिए।
तीनको घटनास्थलमा र अन्य दुई जनाको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।
दुर्घटनामा मृत्यु भएकाहरुको बिहान ८ बजेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। घटनास्थलमा अहिले पनि प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन्। बुटवलको ग्रामीण क्षेत्र हरैयाबाट आएको जिप र भ्रमणका लागि पूर्वबाट आएको बस एकआपसमा ठक्कर खाई सो दुर्घटना भएको बताइएको छ।- रासस

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग