Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१७ र १५ बर्षिया दुई किशोरी बेपत्ता

Published on 2:55:00 AM //


बागलुङको बुर्तिबाङ–७ सामाका तुलबहादुर कार्कीकी १७ बर्षिय छोरी यमकुमारी कार्की र त्यही ठाउँकी १५ बर्षिय रादु विक एकै साथ बेपत्ता भएका छन् । एकहप्तादेखि दुई किशोरी सम्पर्क बिहीन भएपछि परिवार र आफन्त चिन्तित बनेका छन् ।

जनकल्याण निम्न माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कार्की र कक्षा ५ मा अध्ययनरत विक गएको चैत २२ गतेदेखि बेपत्ता भएको कार्कीकी आमा सुमित्राले बताएकी छिन् । चैत २२ गते बेलुकी ६ बजेदेखि घरबाट निक्लिएर गए पछि सम्पर्कमा नआएको उनले बताइन ।

बुर्तिवाङ क्षेत्रलाई सडक यातायातले छोएपछि यसरी दुई किशोरी एकैसाथ बेपत्ता भएको यो पहिलो पटक भएको स्थानीयले बताएका छन् । सवारी साधनबाट अन्यत्र गएको आशंका स्थानीयले गरेका छन् । तर एक हप्ता वितिसक्दापनि उनिहरुको कुनै अ त्तोपत्तो छैन । प्रहरीले उनिहरुको खोजविनमा विशेष सक्रियता नदेखाएको जनगुनासो बढ्दो छ ।

बुर्तिबाङ ईलाका प्रहरी चौकिमा खबर गरी जानकारी गराउँदा समेत अहिलेसम्म कतै फेला नपरेको परिवारले जनाएको छ । प्रहरीले भने खोजी कार्य जारी रहेको बताएको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग