Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कालीगण्डकीमा र्‍याफ्टिङ गर्ने पर्यटक घटे

Published on 2:20:00 AM //

कालीगण्डकी नदीमा जलयात्राका लागि आउने पर्यटकको संख्यामा कमी आएको छ । नदीको दुबै किनारमा सडक निर्माण थालेपछि पर्यटकको संख्या घटेको हो । सडक निर्माणले नदीको शान्त वातावरणमा असर पु¥याएकाले पर्यटकको संख्या घटेको स्थानीयवासीहरुको भनाइ छ । विगतका वर्षहरुमा दैनिक सयौंको संख्यामा बाह्य पर्यटक जलयात्राका लागि आउने भएपनि पछिल्लो समय पर्यटकको संख्या निकै न्यून बन्दै गएको बताइएको छ । कालीगण्डकी नदीको पर्वततर्फको भागबाट उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्ग र बागलुङ्ग, गुल्मी तर्फको भागबाट पनि कालीगण्डकी करीडोर निर्माण भैरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग