Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्घाखाँची र गुल्मीका सचिबहरु आन्दोलित

Published on 1:57:00 PM //

- प्रेमनारायण आचार्य अर्घाखाँची र गुल्मीका गाविस सचिबहरुले आजका दिन देखिनै अनिस्चितकालका लागि गाविस कार्यलयबाट हुदै आएका सम्पुर्ण कामहरु नगर्ने गरि आन्दोलित भएका छन् । गुल्मी जिल्लाको दुबीचौर गाविसका सचिब श्यामलाल पाण्डेलाई मानब बेचबिखन जस्तो गम्भीर झुटो मुद्धा लगाई जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीमा थुनामा राखिएको बिरोधमा गाबिस सचिब हकहित केन्द्र गुल्मी र अर्घाखाँचीले एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै आजका दिन देखिनै सम्पुर्ण कामकाज ठप्प पारेको जनाएका छन् । सचिब हकहित संरक्षण केन्द्र अर्घाखाँचीका अध्यक्ष चन्द्रप्रसाद बन्जाडे र गुल्मीका अध्यक्ष गोपाल बहादुर सेनले एक संयुक्त प्रेस बिज्ञप्ति जारी गरि सचिब पाण्डेलाई लगाएको झुटा मुद्धा फिर्ता नलिए सम्म आन्दोलन जारी रहने बताएका छन् । गाविस सचिबको आन्दोलनलाई नेपाल निजामती कमृचारी युनियनका जिल्ला सचिब प्रकास भटराई नेपाल राष्ट्रिय कमृचारी संगठनका सचिब जीबन भटराई र नेपाल निजामती कमृचारी संगठनका अध्यक्ष गोबिन्द ज्ञवालीले पनि एक संयुक्त प्रेस बिज्ञप्ति जारी गरि ऐक्यबद्धता ब्यक्त गरेका छन् । गाविस सचिब पाण्डेलाइ भारत लैजान नक्कलि सिफासि बनाई दिएको आरोपमा मानब बेचबिखन बिरुद्धको मुद्धा दायर भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग