Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छ हजार रुपैँया नहुँदा उपचार नपाएकी बालिकालाई सहयोग, थपिँदै सहयोगी हातहरु

Published on 11:04:00 PM //

गगनशिला खड्का
बाँझकटेरी गाविस हाल कोरीया निवासी केशव भुषालले पठाउनुभएको रकम सेवा सञ्चार गुल्मीका उपाध्यक्ष गगनशिला खड्कालाई हस्तान्तरण गर्दे तम्घासमा रहनुभएकी श्रीमति कमला भुषाल ।
भीरको छाँगोबाट खसेर गंभिर घाईते भएकी प्युठानकी विमला पुनको उपचारको लागि आर्थिक सहयोग गर्ने दाताहरुको संख्या बढदै गएको छ । यस सम्बन्धी गुल्मी न्युज डट कम र नयाँपत्रीका दैनिकले समाचार प्रकाशित गरेपछि आर्थिक सहयोग रकम जुटेको हो । विदेशमा रहनुभएका प्रवासी नेपालीहरु हाल दक्षिण कोरीयामा बस्ने गुल्मीको बाँझकटेरी गाविस निवासी केशव भुषालले तम्घासमा रहनुभएकी श्रीमति कमला भुषाल मार्फत ६ हजार रुपैयाँ र कतारमा बस्ने गुल्मीको बलेटक्सार गाविस वार्ड नं ७ निवासी कमल केसीले ४ हजार १ सय ५० रुपैयाँ सेवा सञ्चार गुल्मीका उपाध्यक्ष तथा नयाँपत्रीका दैनिक एवम गुल्मीन्युज सहकर्मी गगनशिला खड्कालाई हस्तान्तरण गर्नुभएको छ । घाईते बालिकाको थप उपचारर्थ गुल्मीको छापहिले गाविस वार्ड नं ३ हाल कतार निवासी डिल बहादुर थापाले सदरमुकाम तम्घासमा बस्ने साला मान बहादुर जिसी मार्फत रु २ हजार १ सय रकम सेवा सञ्चार गुल्मीका अध्यक्ष गंगा खड्कालाई हस्तान्तरण गर्नुभएको छ ।
छापहिले गाविस वार्ड नं ३ हाल कतार निवासी डिल बहादुर थापाले पठाउनुभएको
रकम सेवा सञ्चार गुल्मीका अध्यक्ष गंगा खड्कालाई हस्तान्तर गर्दे उँहाका साला मान बहादुर जिसी ।
गुल्मीन्युज डट कममै समाचार पढेर बिमलालाई फिन्ल्यान्डबासी नेपालीहरु लक्ष्मण भण्डारी (गुल्मी) ले २० युरो, शंकर भण्डारी (गुल्मी) ले १५ युरो, भोजराज सापकोटा (गुल्मी) ले १० युरो, दिनेश गौतम (काठमाडौं) ले ५ युरो, लिल बहादुर तामाङ (धादिङ) ले ५ युरो, पवन सिं (कैलाली) ले ५ युरो, सचेन्द्र महर्जन (ललितपुर) ५ युरो, सरोज काफ्ले (पर्वत) ले ५ युरो सहयोग उपलब्ध गराउनुभएको छ साथै गुल्मीन्युज डट कमको तर्फबाट २० युरो गरी अहिले सम्म फिन्ल्यान्डमा जम्मा ९० युरो (रु. ९४५०) जम्मा भईसकेको छ । साथै सहयोग सङ्कलन कार्य जारी रहेको हुँदा इच्छुक महानुभावहरुले अझै पनि सहयोग गर्न सक्नुहुनेछ । फिन्ल्यान्डमा सङ्कलित रकम यही अप्रिल १७ तारिखमा नेपाल पठाइनेछ ।
गुल्मी न्युज डटकम र सेवा सञ्चार गुल्मीले संयुक्त रुपमा शुरु गरेको आर्थिक रकम सहयोग अभियानमा सहयोग पुर्याउने सबैजनालाई सेवा सञ्चार गुल्मी र गुल्मी न्युज डटकमले धन्याबाद दिएको छ । साथै गुल्मी न्युज डटकम र सेवा सञ्चारले संयुक्त रुपमा शुरु गरेको सहयोग रकम संकलन अभियान जारी रहेको छ ।
तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ ? यहाँ क्लिक गर्नुहोस् । 


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग