Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्रकको ठक्करबाट काँग्रेस नेता वस्नेतको मृत्यु

Published on 10:24:00 AM //


रेडियो रेसुङ्गा
ट्रकको ठक्करवाट घाईते भएका नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ का क्षेत्रीय सदस्य विरवहादुर वस्नेतको आज उपचारको क्रममा पाल्पामा मृत्यु भएको छ। रिडीवाट सदरमुकाम तमघासतर्फ आउदै गरेको ना ३ ख ६२६६ नम्वरको ट्रक र वस्नेत सवार लु १० प २९२३ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किँदा उहाँ घाईते हुनुभएको थियो । रिमुवा गाविस वार्ड नं. ७ निवासी २८ वर्षीय घाईते वस्नेतको पाल्पा स्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वस्नेत नेपाली काँग्रेसका क्षत्रीय सदस्य तथा नेपाल तरुण दलको जिल्ला सदस्य समेत हुनुहुन्थ्यो । सामाजिक क्षेत्रमा पनि क्रियाशिल वस्नेत रिमुवा परिर्वतनशिल युवा क्लवका अध्यक्ष तथा स्थानीय आईन्सटाईन एकेडेमी वोर्डिङ्गका अध्यक्ष समेत हुनुहुन्थ्यो । वस्नेतको मृत्युले सिङ्गो पार्टीलाई नै क्षति पुगेको नेपाली काँग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठले वताउनुभएको छ। वस्नेत अत्यन्तै लगनशील तथा क्रियाशिल कार्यकर्ता रहेको उहाँले वताउनुभयो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग