Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकै घरका चारजनाको हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैदको फैसला

Published on 2:36:00 PM //


पश्चिम पाल्पाको ठिमुरे गाविस-१ बुढिचौरका एकै घरका चारजनाको हत्या गर्ने गुल्मी पौदीअमराईका ताराबहादुर बलामलाई जिल्ला अदाल पाल्पाले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ।
आइतबार जिल्ला न्यायाधीश हरिशचन्द ढुङ्गानाको इजासले नेपाली सेना पोखराको नयाँ गोरख गणमा फूलबारी व्यारेकमा कार्यरत सेनाका बलामीलाई जन्मकैदको फैसला गरेको हो।
खुकुरी प्रहार गरी उनीसहित चार जनाको समूहले मानबहादुर बगालेको श्रीमती यामकुमारी बगाले, छोरी तुलसा र्घर्ति बगाले, नातिनी सन्ध्या र्घर्ति र नाति संदिप र्घर्तिको गत २०६७ माघ २६ मा घाँटी रेटेर हत्या गरेका थिए।
२०६७ वैशाख १२ मा जिल्ला अदालत पाल्पाका तत्कालीन न्यायाधीश हरिप्रसाद बगालेको इजालसले पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। तत्कालीन प्रहरी नायव उपरीक्षक पवन गिरीको टोलीले लामो समय लगाएर अनुसन्धान गरेर वलामीलाई पक्राउ गरेको थियो।
बलामीलाई अदालतले प्राप्त प्रमाणको आधारमा मुद्दा फैसला नहुन्जेलसम्मको लागि जेल चलान गरेको थियो भने घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले पक्राउ गर्न सकेको थिए। हालसम्म पनि अन्य तीन जना भने पक्राउ परेका छैनन्।
घटना लुकाएको अभियोगमा पक्राउ परेकी खस्यौली गाविस-८ घर भई कुसुमखोलामा बस्दै आएकी सिर्जना परियारलाई भने २०६७ वैशाख १२ मै एक सय धरौटीमा तारेखमा रिहा गरेको थियो।
तत्कालीन प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पवन गिरीलाई समेत अन्य तीन जना पक्राउ गर्न नसकेको भनी अदालतले सचेत गराउने फैसला गरेको छ।
यस्तै तत्कालीन प्रहरी निरीक्षक नवीनकृष्ण भण्डारीलाई समेत दुइ वर्षका लागि अपराध अनुसन्धान क्षेत्रमा काम नलगाउने भनी गृह मन्त्रालयमा पत्राचार गर्ने फैसला भएको जिल्ला न्यायाधीश हरिशचन्द ढुङ्गानाले बताए।
तत्कालीन अवस्थामा सेनाको दबाबका कारण अपारधीलाई पक्राउ गर्न प्रहरीकालाई चुनौती थियो। अभियुक्त बलामीले प्रहरी नायव उपरीक्षक पवनकुमार गिरीलाई फोन गरेको मोबाइल नम्बरको आधारमा अनुसन्धान नजिक पुगेको हो।
दुइ जना बालबच्चा आमा तुल्साले प्रेममा धोका दिएकै रिसको झोकमा बलामीले चार जनाको हत्या गरेको रहस्य खुलेको छ। प्राप्त प्रमाणको आधारमा अभियुक्त बलामीले आफूले मन पराएको केटीलाई अर्काले लगिदिने निश्चित भएपछि सहन नसकी हत्याजस्तो जघन्य अपराध गरेको अदालतमा सरकारी वकिलले पेश गरेको बहसमा उल्लेख थियो।
पाल्पाकै नरसंहारको रूपमा रहेको यस घटनाको दोषीलाई कारबाहीको माग गर्दै कसुमखोला र ठिमुरेबासीले पुर्वक्षका लागि थुनामा राख्ने आदेश दिने दिन अदालत बाहिर नारा जुलुस चक्काजाम समेत गरेका थिए।
घर मालिक मानबहादुर बगाले कान्छीको उपचार गर्ने काठमाडौ गएका र उनका छोरा प्रेमबहादुर बगाले तानसेन पढ्न बसेको बेला ठिमुरे घटना भएको हो। हत्याराहरुले नगद एक लाख र करिब पाँच तोला सुन लुटपाट गरेका थिए।
आदर्श समाज दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग