Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गणेशमान गल्दा सागर चम्किए, दुष्मनको मोबाइलमा एसएमएस

Published on 2:31:00 PM //


२७ चैत, काठमाण्डौ । खान पाउने र नपाउने, अबसर पाउने र नपाउनेको लडाई माओवादीमा नौलो हैन् । तर खान पाएकाहरुवीचकै लडाईले अहिले वाईसिएल आक्रान्त भएको छ । त्यो पनि वाईसिएल अध्यक्ष गणेशमान पुन र उपत्याका इन्चार्ज सागरवीचको लफडा बिभाग गठन र जिम्मेवारी बाँडफाँडसम्म पुगेको छ ।

उपत्याकाको जिम्मेवारीबाट निर्वाचित क्षेत्र गुल्मी पठाइएपनि सागरले फेरि चलखेल गरेर उपत्यकामै आउने प्रयास गरेपछि वाईसिएल प्रमुख पुन र सागरपछि उपत्याकाको जिम्मेवारी सम्हालेका रामप्रसाद सापकोटा दीपशिखा सागरप्रति असन्तुष्ट भएको साँघु साप्ताहिकले छापेको छ ।

पछिल्लो समयमा वाईसिएल मातहत बेरोजगार युवा कोष बनाई वाईसिएललाई स्वयंसेवामा परिचालन गर्ने योजना बनाइएपनि त्यसमा कसले जिम्मेवारी लिने र कसरी संचालन गर्ने भन्ने बिषयमा सागर र पुनको समूहवीच बिबाद चर्किएको छ । पुन र सागर दुवै प्रचण्डका बिश्वासपात्र मानिने भएपनि सागरले तल्लो निकायबाट पैसा संकलन गरि हेडक्वाटरसम्म बुझाउने भएकाले प्रचण्डले पुनको भन्दा सागरको कुरा सुन्ने बताइएको छ ।

सरकारको स्वरोजगार कोषबाट करोडौं रुपैयाँ लिएका सागरले फेरि बेरोजगार युवा संघ र कोष बनाएर त्यस्तै आर्थिक चलखेल गर्न लागेको भन्दै पुनसहितको प्यानल असन्तुष्ट बनेको हो ।

यसैवीच पछिल्लो दिनमा ज्यानी दुष्मनजस्तै भएका प्रचण्ड पक्षीय मजदुर नेता शालिकराम जमरकट्टेल र वैद्य पक्षका नेता बद्री बजगाईवीच एसएमएस सम्बाद भएको छ ।

वैद्य पक्षको हालैको भेलाले बजगाईंलाई नेतृत्वबाट मुक्त गर्दै बिद्यार्थी नेता रामदिप आचार्यलाई जिम्मेवारी दिएपछि जमरकट्टेलले दुःख मनाउ गर्दै बजगाईलाई एसएमएस गरेको साँघु साप्ताहिकले नै छापेको छ । ‘तपाईले मजदुर आन्दोलनलाई यो उचाईसम्म ल्याउनुभयो तर, तपाईलाई जिम्मेवारीबाट मुक्त गरेको सुन्दा मलाई दुःख लागेको छ’ भन्दै शालिकले एसएमएस पठाएका थिए ।

बद्री र शालिक लामो समयसम्म सककार्य गर्दै संगठन बनाउनुका साथै जेलमा समेत संगै बसेका थिए । तर वैद्य र प्रचण्डपक्षवीचको संर्घषसँगै उनीहरुको दुरी बढेर कुटाकुट र पिटापिटसम्म पुगेको थियो ।

 अन्लाईनखबर डट कमबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग