Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरबाटो ग्राबलिङ गर्ने तथा चैडा गर्ने कार्य पुन: सुचारु

Published on 8:33:00 AM //

नरायण प्रभात मरासिनी गुल्मीको सदरमुकाम तम्घासदेखी पश्चिम तर्फ चल्ने तम्घास–समिलटारी–पूर्कोटदह मोटरबाटो अन्तरगत सडक फराकिलो पार्ने एवं ग्रावलिङ्ग गर्ने कार्य सुचारु भएको छ । जिल्ला विकास समिति र निर्माण ब्यावसायि बिच तालमेल नमिलेपछि झण्डै दुई महिना संम्म स्थगित भएको उक्त निर्माण कार्य मंगलबार देखी सुचारु भएको हो । विश्व बैङ्कको सहयोगमा गतवर्षदेखी सुरु भएको ७ कि.मि. ग्रावलिङ्ग र १६ कि.मि. सडक चौडा पार्ने कार्यमा जि.वि.स र प्राबिधिक कार्यालयले बिभिन्न कारणहरु देखाउँदै स्थगित गराएको दुई महिना पछि पुन: काम सुरु गरेको निर्माण ब्यावसायी नारायण प्रसाद पोखरेलले बताए । २ करोड २ लाख लगानीमा गत जेठ महिना देखी सुरु गरिएको उक्त सडक निर्माण सामाग्री गुणस्तरहिन भएको भन्दै ल्याबटेष्ट गराएर मात्र काम सुरु गर्न निर्देशन दिएको तर काम रोक नभनेको स्थानिय विकास अधिकारी दिपेन्द्रराज पौड्यालले बताए । तर निर्माण ब्यावसायी पोखरेलले भने कहिले स्थानिय बिकास अधिकारी त कहिले ईन्जिनियर बदलिने भएका कारण काम गर्न ढिलाई भएको बताएका छन । काम सुरु भएदेखी तीनवटा ईन्जिनियर बदलिए एउटाले सुरु गर भन्छ अर्कोले रोक भन्छ, भुक्तानी दिनुपर्ने रकम पनि रोक्ने आदि झण्झटले आफू साह्रै मर्कामा परेको उनको गुनासो थियो । दुई महिना रोकिदा वर्षायाम भित्रियो अलि ठुलो पानी पर्‍यो भने ग्रावलिङ्गको लागी बिछाएको माटो बालुवा पनि बगाएर लैजाने डर छ, पोखरेलले भने घाटा त पर्यो नै, तै पनि जिम्मेवारी पुरा गरेरै छाड्छु । मौसमले साथ दिए श्रावण महिना भित्रमै काम सक्ने उनको दावि छ । जि.वि.स लगायत राजनैतिक दलहरुले मापदण्ड अनुसारको सामाग्री र सम्झौता अनुसारको काम गर्न निर्माण ब्यावसायी पोखरेललाई दूई हप्ता अघिनै सचेत गराएका थिए । सोही अनुरुप आफूले काम गरेको उनको दावी छ । यति बेला सुरुस्थल तम्घास देखी ग्रावलिङ्ग सुरु गरिएको छ । तर बाटो कटिङ्ग गर्ने कार्य भने करिब ५० प्रतिशत भएको छ । फागुन र चैत महिनामै भुक्तानि दिन निकै आलटाल गरेकोले समस्या आएको पोखरेलको आरोप छ । यता राजनैतिक दल एवम् अन्य सरोकारवालाले यि दुई पक्ष बिच के कारणले तालमेल नभएकको हो आशंका गरेका छन । स्थानिय विकास अधिकारी पौड्यालले भने त्यो आरोप गलत भएको भन्दै निर्माण ब्यावसायीको थाप्लोमा कमजोरी थुपारे ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग