Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँमै मन्टेश्वरी बिधीद्धारा नि:शुल्क अङ्रेजी शिक्षा

Published on 8:35:00 AM //

नरायण प्रभात मरासिनी अंग्रेजी कक्षा संञ्चालन गर्ने नाममा जिल्लाका अधिकाशं सरकारी विद्यालयले चर्को शुल्क लिएर अभिावकहरुको ढाड सेकी रहेकको बेला गुल्मीकै एक सरकारी विद्यालयले भने निःशुल्क अंग्रेजी कक्षा संञ्चालन गर्ने भएको छ । रानीपोखरी निम्न माध्यमिक विद्यालय दुबिचौर गुल्मीले कक्षा ३ संम्म निःशुल्क अंग्रेजी कक्षा सञ्चालन गर्ने भएको हो । बिहीवार विद्यार्थीहरुको वार्षिक परिक्षाफल प्रकाशन गर्दै सो विद्यालयले यस्तो घोषणा गरेको हो । विद्यार्थी भर्नासंगै मन्टेश्वरी बिधीद्धारा पठनपाठन गरिने निर्णय समेत भएकको विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष गिरिसिंह महाकिमले बताए । कार्यक्रमको प्रमुख अथिति एकिकृत नेकपा माओवादी मगरात राज्य समिति सदस्य अशोक थापाले पनि सरकारी विद्यालयमा निःशुल्क पठनपाठन हुनु पर्नेमा कतिपय विद्यालयले अंग्रेजी कक्षा संञ्चालनका नाममा चर्को शुल्क लिएर गरिबहरुको स्कुल भनिने सरकारी विद्यालयलाई समेत गरिबहरुको पहुंच भन्दा बाहिर राख्ने प्रयत्न भईरहेको बताए । कार्यक्रममा प्रधानाध्यापक केयरसिंह धुरेल मगर द्धारा बार्षिक प्रतिबेदन प्रश्तुत गरिएको थियो भने शिक्षक कृष्ण बस्नेतले शुभकामना मन्तब्य राखेका थिए । ब्यावस्थापन समितिका अध्यक्ष गिरिसिंह महाकिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका लक्ष्मी पन्तको स्वागत मन्तब्य र शिक्षक मोहन पौड्यालको सञ्चालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग