Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बढ्दै छ यात्रामा जोखिम, ध्यान कहिले पुग्ने ?

Published on 6:54:00 PM //



तेजेन्द्र थापा
ज्यादै नै जोखिम युक्त यात्रा गर्न बाध्य गुल्मी क्षेत्र न. १ का साथै बाग्लुङ्गका जनताहरु रिडी-रुद्रबेनी सडक बिस्तार र मर्मत हुन थाले पछी ज्यादै खुशी भएका छन । सडक बिस्तार र सुधार गर्न ठेक्का लिएको ठेकदारले राम्रो काम गरेता पनि केहि ठाँउमा पहिले भत्किएको सडकको मर्मत भने गरेको छैन । ठेकदारले सो काम आफ्नो ठेक्का भित्र नपरेको भन्दै पन्छिएको छ उता जीबिसले भने ठेक्दारकै आशा गरेको छ । जिविसले काम गर्न गार्हो छ ठाँउ खतरा छ भन्दै पन्छिदै छ । अत्यन्तै खतरा साँघुरेमा पहिले लगाएको पर्खाल भत्किएर सडक नै खस्ने अवस्था छ (हेर्नुस् माथि फोटोमा) लोड ट्रक बसमा यात्रा गर्दा  कतिखेर कालीगण्डकीमा पुगिने हो भन्ने त्रास लिएर यात्रा गर्न बाध्य यस भेकका जनताहरुले कहिले सम्म यस्तो यात्रा गर्नु पर्ने हो ? यस तर्फ बेलैमा सम्बन्धित निकायको ध्यान जाओस, ठुलो दुर्घटना भोगेर पछी पछुताउनु भन्दा बेलैमा मर्मत सम्भार तिर लागेर सम्भावित दुर्घटना हुनबाट बचाउने कि?

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग