Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हाम्रै गुल्मीमा: कर्मचारी भर्सेज राजनितिक दल (फोटोहरु)

Published on: // , ,
अनिल खत्री
प्रजातन्त्र दिवसको अबसर पारेर बुधवार गुल्मीका कर्मचारी र बिभिन्न राजनैतिक दल बिच भलिबल प्रतियोगिता आयोजना गरियो । तम्घास स्थित चिदिचौरमा आयोजित प्रतियोगिताका केही तस्बिरहरु हेरौँ:







जहाज दुर्घटनामा मृतकको उद्दार, अर्घाखाँची देखी काठमाडौं सम्म (तस्बिरहरु)

आईतवार अर्घाखाँचीमा दुर्घटनाग्रस्त नेपाल बायु सेवा निगमको जहाजमा सवार १५ यात्रु र चालक दलका ३ सदस्य गरी १८ जना सबैको मृत्‍यु भयो । आईतवार दिउँसो देखी बेपत्ता बिमान सोमबार बिहान मात्र दुर्घटनाग्रस्त अवस्थामा भेटियो । दुर्घटनाग्रस्त बिमान फेला परेपछी नेपाली सेनाले गरेको उद्दरकार्यका केही तस्बिरहरु हेरौँ:








तस्बिरहरु सौजन्य: नेपाली सेना 

स्वामी श्री हरीदास जी गुल्मीमा, तिन दिवसीय साधना सिविर सम्पन्न

Published on: // ,

यस ब्रम्हाण्डका पंचम मूल जगतगुरु श्री कृपालु जी महाराजको गोलोक प्रणा़यनको अवसरमा हरिगुरु प्रीत्यर्थ गुल्मीमा आयोजित त्रिदिवसीय साधना शिविर तथा सामाजिक जनहितकारी कार्य सम्पन्न भएको छ ।
राधामाधव समिित गुल्मीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा देशका बिभिन्न स्थानबाट पनि ठुलो मात्रामा उपस्थिति जनाइएको थियो । जगतगुरु श्री कृपालु जी महाराजका एक मात्र नेपाली प्रचारक स्वामी श्री हरीदास जीको सानिध्यमा आयोजित उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, निमित्त जिल्ला न्यायाधिस होमनाथ पंथी, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, निमित्त जिल्ला प्रहरी प्रमुख निसान्त श्रीवास्तव, विश्व हिन्दु महासंघ गुल्मीका सभापति सुरेश भुसाल, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र सर्वसाधारणले हरिगुरुको दिव्य अस्तुको दर्सन तथा श्रद्धा सुमन ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जन ज्योति मा वि मा अध्ययन गर्न् दृष्टिविहिन १८ जना लाइ सेतो छडि, बेलेनकेट, तातो कपडा तथा शिक्षा सामग्रि र उपल्लो तमघास मा वि माअध्ययन गर्न्े १८ जना सुस्त श्रवणहरुलाई, बेलेनकेट तातो कपडा र शिक्षा सामग्रि  बितरण गरिएको थियो । रिडिमा रहेका बटुक, साधु तथा कल्पबासी गरि जम्मा ५७ जना लाइ पनि, बेलेनकेट तातो कपडा र अन्य सामग्रि  बितरण गरिएको थियो । २७ गते  जगतगुरु श्री कृपालु जी महाराजको दिव्य अस्तु अंश पवित्र धार्मिक स्थल रुरु क्षेत्र मा बिसर्जन गरिएको थियो ।
हेरौँ सोही कार्यक्रमबाट केही तस्बिरहरु:







शान्तिपुरमा जिल्लाकै पहिलो स्रोत केन्द्र जहाँ सबै बालबालिका बिद्यालय जान्छन्

तेजेन्द्र थापा
गुल्मी, माघ २६ । गुल्मी जिल्लाको शान्तिपुर स्रोत केन्द्र जिल्लामै पहिलो बिद्यालय बाहिर बालबालिका नरहेको स्रोत केन्द्र बन्न सफल भएको छ । जिल्ला शिक्षा कार्यालयको कार्यक्रम अनुसार आज गुल्मीको शान्तिपुरमा शान्तिपुर स्रोत केन्द्रलाई बिद्यालय बाहिर बालबालिका नभएको स्रोत केन्द्र घोषणा गरियो ।
जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरिनाथ अर्यालको सभापतित्वमा जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरीक्षक झविलाल बिक र जीवन खनाल तथा शान्तिपुर स्रोत केन्द्रका स्रोत ब्याक्ति किस्न कुमार गैरे त्यसैगरी यस स्रोत केन्द्र अन्तर्गतका सम्पूर्ण बिद्यालयका प्रअ, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लगाएतको उपस्थितिमा उक्त कार्यक्रम घोषणा गरियो । सोहि कार्यक्रममा बोल्दै विभिन्न बक्ताहरुले यस स्रोत केन्द्र अन्तर्गतका सबै गाविसमा कुनै पनि बिद्यालय उमेरका (५ वर्ष देखि १२ बर्ष) बालबालिका बिद्यालय बाहिर नरहेको जिकिर गरेका थिए ।
सोहि कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले यस स्रोत केन्द्र अन्तर्गतका बिद्यालयका ८७ जना गरिब तथा असाहाय बिध्यार्थिहरुलाई नगद अनुदान  सहयोग गरेको थियो । त्यसै अबसरमा श्री उदय उच्च माबि शान्तिपुरमा अध्यनरत २ जना विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालयले थप अनुदान समेत प्रदान गर्यो । नेत्र बिहिन खडक बहादुर थापाका छोराछोरीलाई उक्त थप अनुदान प्रदान गर्यो भने उक्त
विद्यार्थीलाई चक्रेश्वर बोडिंगले पोशाक र भानु बोडिंगले शैशिक सामग्री सहयोग प्रदान गर्यो । उक्त बिध्याथिका बाबु खडक बहादुर थापाले दुवै आखा देख्दैनन भने लौराको साहयताले भारि बोकेर परिवार पाल्दै आएका छन् । उनको आर्थीक अवस्था अत्यन्तै दयनीय छ । एउटी ८० बर्षीय  बुढी आमा एउटी आफु जस्तै दुवै आखा नदेख्ने दिदि र १ छोरा र १ छोरीलाई उनले लौरोको भरमा भारि बोकेर पाल्दै आएका छन् ।





यस्तो देखियो तम्घासमा सम्पन्न मिनी महोत्सब (फोटोहरु)

Published on: // , ,
यस्तो देखियो तम्घासमा सम्पन्न मिनी महोत्सब (फोटोहरु)
नेपाल ब्याडमिण्टन संघ, गुल्मी र अन टेस्ट युवा क्लब, तम्घासको सहयोगार्थ तम्घास बसपार्कमा सन्चालित मिनी महोत्सबका केही तस्बिरहरु, अनिल खत्रिको क्यामराबाट: 





गुल्मी सेवा समाज युएईद्धारा उपनियोग प्रमुख नेत्रबहादुर टण्डनलाई स्वागत

Published on: // ,

लालबहादुर ढेंगा
दुबई । गएको ७ फेब्रुअरी शुक्रबारका दिन अबुधावीको रायल राजेस्थान रेष्टुरेण्टमा नेपाली राजदूतावास अबुधावीका उपनियोग प्रमुख नेत्रबहादुर टण्डन, श्रीमती कौशल्या टण्डन र पुत्री केली टण्डनलाई एउटा कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । भर्खरै मात्र उपनियोग प्रमुखको पदमा आउनु भएका नेत्रबहादुर टण्डनलाई गुल्मी सेवा समाज युएईद्धारा स्वागत गरिएको हो ।
 उक्त स्वागत कार्यक्रमको प्रमुख अतिथिमा दूतावासका उपनियोग प्रमुख नेत्रबहादुर टण्डन रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारीले गर्नु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेको कार्यक्रमलाई अबुधावी क्षेत्रीय समितिका सचिव टिकाराम खरेलले संचालन गर्नु भएको थियो ।
 पल्लीकोट १, गुल्मीमा जन्म भई हाल काठमाण्डौमा बसोबास गर्दै आउनु भएका उपनियोग प्रमुख टण्डनले विगत ३० बर्षदेखि परराष्ट्र मन्त्रालयमा कार्यरत गर्दै आउनु भएको थियो भने युएई आउनुभन्दा पहिले अष्टेलिया, फ्रान्स, अमेरिका र म्यानमरको दूतावासहरुमा समेत कार्य गरी सक्नु भएको छ ।
 उपनियोग प्रमुख टण्डनले आफ्नो मन्तव्यको क्रममा युएईमा आउना साथ आफ्नो जन्म थलो गुल्मी सेवा समाज युएईद्धारा स्वागत गरिएकोमा आभार व्यक्त गर्नु भयो । युएईस्थित कार्यरत नेपालीहरु र दूतावास सम्बन्धित कन्सुलर सेवाहरु सहज र सरल तरिकाबाट प्रदान गरिने कुरामा पनि प्रतिवद्धता जाहिर गर्नु भयो । सम्पूर्ण प्रवासी नेपालीहरुलाई एक आपसमा भाईचाराको सम्बन्ध स्थापना गरी युएईको नियम कानुनलाई पालना गर्न समेत आग्रह गर्नु भएको छ ।
 अध्यक्ष लक्ष्मण भण्डारीले गुल्मेलीवासीहरुको सांझा संस्था गुल्मी सेवा समाज युएईले धेरै सहयोग र उद्धार कार्यहरु गरिसकेको बताउनु भयो । आगामी दिनहरुमा सदस्यता र आजीवन सदस्यताहरु वितरण गर्दै अझै सशंक्त ढंगले अगाडि बढाउने जानकारी दिनु भयो । हरेक आई पर्ने समस्याहरु र कुनै पनि कार्यमा सम्पूर्ण गुल्मेलीवासी सधै एकजुट भएको भन्दै सबैलाई धन्यबाद र आभार व्यक्त गर्नु भयो ।
 उपनियोग प्रमुख टण्डनलाई गुल्मी सेवा समाज युएईद्धारा स्वागत गर्न पाउदा खुशी लागेको बताउनु भयो । साथै आगामी कार्यकालको लागि शुभकामना दिनु भएको छ ।
 केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद गौतमको शुभकामना मन्तव्यबाट थालनी भएको कार्यक्रममा उपनियोग प्रमुख टण्डनलाई अध्यक्ष भण्डारीले फुल तथा खादा ओढाएर स्वागत गरिएको छ भने श्रीमती कौशल्या टण्डन र पुत्री केली टण्डनलाई तुलसी घिमिरेले फुल तथा खादा ओढाएर स्वागत गरिएको थियो । साथै अन्य अतिथिहरुले पनि खादा ओढाएर स्वागत गरेका छन् ।




नेपाली कलाकारहरु युएईमा सम्मानित (फोटो फिचर)



लालबहादुर ढेंगा
दुबई । नेपालीहरुको गौरव राष्ट्रि«य झण्डालाई लिएर नेपालको कला र संस्कृतिलाई चिनाउदै “दुबई व्यापार महोत्सव २०१४” को विभिन्न देशको सांस्कृतिक कार्यक्रम अन्तर्गत सत्यवती कलाकेन्द्र ववरमहल काठमाण्डौबाट आएका कलाकारहरुलाई दुबईमा सम्मानित गरिएको छ । गएको ३१ जनवरी शुक्रबारका दिन दुबईको सिंध पंजाब रेष्टुरेण्टमा मगर समाज युएईले एउटा कार्यक्रमको आयोजना गरी सो सम्मान गरेको हो ।
उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथिमा मगर संघ युएईका संरक्षक गिरमान थापा रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता मगर संघ युएईका अध्यक्ष हस्तराज दर्लामी मगरले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा उप संरक्षक तथा पत्रकार लालबहादुर ढेंगा र अन्य अतिथिमा कलाकार, केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरु रहेको कार्यक्रमलाई केन्द्रीय सचिव चन्द्र रोकाले संचालन गर्नु भएको थियो । सत्यवती कलाकेन्द्र ववरमहल काठमाण्डौको प्रस्तुति तथा डाईरेक्टर उदिराम खड्काको नेत्रृत्वमा १० जनाको टोली आउनु भएको हो । जसमा डाईरेक्टर उदिराम खड्का, सुरेश गुरुङ, तृप्ति खड्का, बुद्धि परियार, आस्तित्व मगर, बिना रुम्बा, बसन्ती मगर, ज्योति वली, भविश्य खड्का र छविलाल खड्का रहेका छन् ।
गत महिना २ जनवरीदेखि २ फेब्रुअरी एक महिनासम्म चलेको महोत्सवमा ६० देशले आ–आफ्ना देशका संस्कृति झलकाउने खालका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । जसमा नेपालको कौडा, शेर्पा, मयुर, झांकी, तामाङ, अपेरा नृत्य, झ्याउरे, थारु, भोजपुरी र सिंगारु रहेको थियो । विश्वको ६० देशमध्ये नेपालले टप ११ नम्बरको स्थान प्राप्त गर्नमा समेत सफलता पाएको छ ।
सो अवसरमा खजुराह–८, नेपाल गंजमा जन्म भई हाल विगत ४ बर्षदेखि काठमाण्डौंमा बसोबास गदैं आएकी लोक, आधुनिक र पप गायिका तृप्ति खड्काको एल्वम “तृप्ति आधुनिक दोहोरी कलेक्शन” भाग २ भिसिडीको विमोचन समेत गरिएको छ । पहिलो भाग १ भिसिडी नेपालमै विमोचन भएता पनि भाग २ भिसिडी प्रमुख अतिथि गिरमान थापा र गायिका तृप्ति खड्काले संयुक्त रुपमा विमोचन गरेको हो ।
परिचयत्मक कार्यक्रमबाट थालनी भएको कार्यक्रममा अध्यक्ष हस्तराज दर्लामीले खादा र प्रमुख अतिथि गिरमान थापाले प्रशंसापत्र दिएर सम्मान गरिएको थियो । सो अवसरमा आ–आफ्ना मन्तव्य राख्नेहरुमा उपाध्यक्ष राजु सिंजाली, उपाध्यक्ष ललितमान राना, अतिथि कलाकार उदिराम खड्का, प्रमुख अतिथि गिरमान थापा र अध्यक्ष हस्तराज दर्लामी रहेको थियो ।







दुबईमा यस्तो देखियो माघे सक्राँन्तिमा माघिको रमझम (फोटो फिचर)

Published on: // ,
लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा विश्वको जुन देशमा बसोबास गरेता पनि आ–आफ्नो कला, संस्कृति र चाड पर्वलाई जर्गेना गरेको पाईन्छ । युएईस्थि रहेका नेपालीहरुले माघे संक्रान्ती पर्वलाई शुभकामना आदानप्रदान संगै विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन् । प्रवासी थारु समाज युएईको दोस्रो भेला तथा माघे संक्रान्ती पर्वको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको हो ।

गएको २४ जनवरी शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा “थारु कला संस्कृति हाम्रो पहिचान यसलाई संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ थारु समुदायको महान चाड माघे संक्रान्ती पर्व, नयां बर्ष तथा दोस्रो भेला विधिवत रुपमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरुङ रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता प्रवासी थारु समाज युएईका अध्यक्ष नेत्र थनेतले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा सोही समाजका सल्लाहकार घनश्याम चौधरी रहनु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए ।
कार्यक्रमको थालनी प्रमुख अतिथि डिआर गुरुङ र अध्यक्ष नेत्र थनेतले संयुक्त रुपमा दियो प्रज्योलन गरी गरिएको थियो । सोही संस्थाका उपाध्यक्ष किशोर चौधरीले संस्थाको स्थापनाकालदेखि गरेका कार्यहरुको लेखाजोखा पस्तुत गर्दै, संस्थाको औचित्यबारे प्रकाश पार्नु भएको थियो । त्यसैगरी कार्यक्रमलाई रोचक र सांगीतिक बातावरणमा महासचिव दिपेन्द्रराज थनेतले संचालन गर्नु भएको थियो । सो कार्यक्रममा थारु जातिहरुको मौलिक भाषा, भेषभुसा र संस्कृतिलाई नजिकबाट देख्न र बुझ्न सकिन्थ्यो । प्रवासको ठाउंमा भएता पनि आ–आफ्नो ड्यटीको बावजुद समय दिएर गरेको योगदानलाई छिट्टै भुल्न सकिदैन । थारु दाजुभाई तथा दिदीबहिनीहरुले लगाएका थारु पहिरनले थारुहरुको संस्कृतिलाई प्रत्यक्ष रुपमा झलकाएको देखिन्थ्यो ।
थारुहरुको मौलिक भाषाको गीत र नृत्यले थारु संस्कृतिलाई सुनमा सुगन्ध थपिदिएको थियो । विभिन्न तथा विविध सांगीतिक प्रस्तुतिले दर्शकलाई निक्कै मनोरञ्जन दिएको थियो । सो अवसरमा विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तिहरुलाई खादा ओढाई प्रशंसापत्र दिएर सम्मान समेत गरिएको थियो ।







भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग