Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

६ हजार नहँदा मृत्युशैयामा छटपटाईरहेकी बालिकालाई सहयोग जुट्नेक्रम जारी

Published on 10:59:00 PM //


गगनशिला खड्का
भीरको छाँगोबाट खसेर गंभिर घाईते भएकी प्युठानकी विमला पुनको उपचारको लागि आर्थिक सहयोग गर्ने दाताहरुको संख्या बढदै गएको छ । अर्घाखाँची जिल्ला अस्पतालमा उपचार नभएपछि भैरहवा लैजान ६ हजार रुपैयाँ खर्च नहुँदा बेहोस अवस्थामा रहेकी बालिका अस्पतालमा छटपटाईरहेकी थिईन । अति गरिब परिवार भएकाले उनका बुवाले छोरीको उपचार गर्न लैजान ६ हजार रुपैयाँ समेत थिएन । यस सम्बन्धी गुल्मी न्युज डट कम र नयाँ पत्रीका दैनिकले समाचार प्रकाशित गरेपछि आर्थिक सहयोग रकम जुटेको हो ।
विदेशमा रहनुभएका प्रवासी नेपालीहरु हाल साउथ कोरीयामा बस्ने गुल्मीको बाँझकटेरी गाविस निवासी केशव भुषालले तम्घासमा रहनुभएकी श्रीमति मार्फत ६ हजार रुपैयाँ र कतारमा बस्ने गुल्मीको बलेटक्सार गाविस वार्ड नं ७ निवासी कमल केसीले ४ हजार १ सय ५० रुपैयाँ सेवा सञ्चार गुल्मीका उपाध्यक्ष तथा नयाँपत्रीका दैनिक एवम गुल्मी न्युज सहकर्मी गगनशिला खड्कालाई हस्तान्तरण गर्नुभएको छ ।
घाईते बालिकाको थप उपचारर्थ गुल्मी न्युज डटकम र सेवा सञ्चार गुल्मीले संयुक्त रुपमा आर्थिक रकम सहयोग अभियान थालेका छन । घाईते बालिका विमला पुनको उपचार अहिले भैरहवा अस्पत्तालमा भैरहेको र बालिकाको अवस्था क्रमिक रुपमा सुधार हुदै गएको उनका बुवा चन्द्र बहादुर पुनले जानकारी दिनुभएको छ । विदेशबाट पठाएको पैसा र अरु थप सहयोग रकम छिट्टै चन्द्र बहादुरको हातमा पुयाईदिने सेवा सञ्चार गुल्मीले जनाएको छ । यसैविच मंगलबार नयाँपत्रीका दैनिकमा प्रकाशित “६ हजार नहुँदा बालिका मृत्युशैयाँमा” भन्ने समाचार पढेपछि काठमान्डौँ जोरपाटी निवासी माधब सुबेदीले आर्थिक रकम सहयोग गर्ने बताउनुभएको छ ।

तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ ? यदी त्यसो हो भने यहाँ क्लिक गर्न सक्नुहुनेछ ।
यो पनि हेर्नुहोस् 
थप सोधपुछको लागि

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग