Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी न्युज डटकम र सेवा सञ्चार गुल्मीको हार्दिक अनुरोध

Published on 11:51:00 PM //


तपाईको सानो सहयोग नै कसैका लागि जिवनदान हो ।
भीरको छाँगोबाट खसेर गंभिर घाईते भएकी प्युठानकी विमला पुनको उपचारको लागि गुल्मी न्युज डटकम र गुल्मी जिल्लामा क्रियाशिल पत्रकारहरुको संस्था सेवा सञ्चार गुल्मीले संयक्त रुपमा आर्थिक सहयोग रकम संकलन अभियान सञ्चालन गरेका छौँ । जम्मा ६ हजार रुपैयाँ खर्च नहुँदा अस्पतालको बेडमा मृत्युशैयामा छटपटाईरहेकी बालिकाको नयाँ जीवन र उज्यालो भविष्य चाहनुहुन्छ भने आर्थिक रकम सहयोग गरी पुर्नजिवन दिन सक्नुहुनेछ । यसका लागि सेवा सञ्चार गुल्मीको भृकुटी डेभलपमेन्ट बैँकको खाता नं 0150000017c1 मा वा पेपालमा magar.magar079@gmail.com मा वा अर्को बैंक खाता नम्बर FI16 1065 3500 296813 (Beneficiary Name: Bhesh Bahadur Kauchha) मा तपाईंलाई अनुकुल पर्ने गरी जुन सुकै माध्यमबाट पनि सहयोग उपलब्ध गराउन सक्नुहुनेछ । थप जानकारीको लागि गुल्मी न्युज डटकमलाई +३५८४४२०२१३८५ मा र सेवा सञ्चार गुल्मीकी अध्यक्ष गंगा खड्कालाई +९७७९८४७१०५०७८ मा सम्पर्क गर्न सक्नुहुनेछ । सहयोग गर्ने सहयोगदाताहरुको नाम, ठेगाना र रकम गुल्मी न्युज डटकम लगायतका सञ्चार माध्यममा प्रकाशित गरिनुका साथै सेवा सञ्चार गुल्मीको सहयोग सुचीमा रहनेछ ।

गुल्मीन्युज डट कम
सेवा संचार, गुल्मी

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग