Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा अभिभावक संघ नेपालको गठन

Published on 10:48:00 AM //


रेडियो रेसुङ्गा
 शैक्षिक क्षेत्रको विसंगति अन्त्य गर्न गुल्मी जिल्लामा अभिभावकहरु संगठित भएका छन्। गुल्मीको सदरमुकाम तमघासमा आयोजित भेलाले गणेश विश्वकर्माको अध्यक्षतामा १३ सदस्यी अभिभावक संघ नेपाल जिल्ला तदर्थ समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा इश्वरी पौडेल, सचिव दुर्गा पाण्डे, सह सचिव नारायण पाण्डे, कोषाध्यक्ष सिता भुसाल रहनुभएको छ। त्यस्तै सदस्यहरुमा सिद्धवावा उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष झकवहादुर श्रीस, अर्जुन आचार्य, गुणनिधी मरासिनी, शेषकान्त गौतम, गोपाल खनाल, कमल अर्याल र जगन्नाथ गौतम रहनुभएको छ भने एक जना सदस्य समितिले मनोनित गर्ने भएको छ।
त्यस्तै गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन भएको छ। अभिभावक संघ नेपालका केन्द्रीय सदस्य देवी पन्थीको प्रमुख आतिथ्यतामा गठित संघले आज एक कार्यक्रमको आयोजना गरी समितिको घोषणा गरेको हो। यता घोषणा सभाका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले अभिभावक संघसंग हातेमालो गर्दै शैक्षिक क्षेत्रका विसंगति अन्त्य गर्न आफुहरु लागि पर्ने प्रतिवद्धता जनाउनुभएको थियो। त्यस्तै अभिभावक संघ नेपालका केन्द्रीय सदस्य देवी पन्थीले शिक्षा नियमावली निर्देशिका अनुरुप विद्यालय संचालन गराउनुपर्ने जिम्मेवारी जिल्ला शिक्षा कार्यालयको भएको तर कार्यान्वयन पक्ष फितलो भएकाले दवाव दिन अभिभावकको खाँचो औलाउनुभयो। कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी, नेपाल पत्रकार संघका अध्यक्ष घनश्याम गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरे, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष प्रेम सुनार, होटल व्यवसायी संघ गुल्मीका अध्यक्ष युवाराज भण्डारी लगायतका आतिथ्यता रहेको थियो। अभिभावक संघ नेपालका नवनिर्वाचित अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गा पाण्डेको सञ्चालन रहेको थियो।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग